नेपालगञ्ज । बाँकेमा केही दिन यता डेंगु संक्रमण बढ्दै गईरहेको छ । बाँकेमा हालसम्म ४६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा २ जनामा डेंगु र १ जनमा स्क्रब टाईफाईस देखिएको छ । बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, वडा नम्बर ४ को सहजीकरण, भेरी अस्पतालको सहयोग र स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालित किटजन्य रोग लछित एकदिने शिविरमा वडाका ४८ जनाको चेक जाँच गरिएको थियो ।
जसमध्य २१ वर्ष का पुरुष र ३६ वर्ष कि महिला सहित २ जनामा डेंगु संक्रमण देखिएको छ भने ४९ वर्षकि १ जना महिलामा टाईफाईडको लक्षण देखिएको छ । उक्त स्वास्थ्य शिविरमा नेपालगञ्ज नगरपालिकाका उप प्रमुख कमरुद्धिन राईले शिविरबाट किटजन्य रोगको जोखिममा रहेको वडा नम्बर ४ का स्थानीय लाभान्वित हुने बताउँदै उक्त वडाले स्वास्थ्य सेवा र सचेतना प्रबद्र्धनमा उदाहरणीय काम गरिरहेको बताए ।
यसका साथै उनले डेंगुको संक्रमण दिनानुदिन बढ्दै गई रहेको भन्दै सबैलाई सचेत रहन समेत आग्रह गर्नुक साथै अन्य वडाले पनि वडा नं. ४ को कामलाई अनुशरण गर्न आग्रह गरे । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले उक्त वडामा डेंगुका विरामी देखिएकाले यसअघि पनि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्मरण गराउँदै अहिले डेंगु लगायत अन्य किटजन्य रोगको अवस्था थाहा पाउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
वडाबासीको माग अनुसार नै एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको बताउँदै अध्यक्ष पुनले उक्त स्वास्थ्य केन्द्रमा एमबिबिएस डक्टर सहितको सेवा सञ्चालनकालागि नगरपालिकाका प्रशासकिय अधिकत र उपप्रमुखसंग सहयोग गरिदिन आग्रह समेत गरेका थिए । डेंगु, मलेरिया र स्क्रब टाइफसको निःशुल्क परीक्षण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले बताए ।
उनले बाँकेमा हालसम्म ४४ जनामा डेंगु पुष्टि भइसकेको जानकारी दिँदै नेपालगञ्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर ४ का रहेको बताए । शिविर शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल,
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका फिजिसियन डा।पारस श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित थिए । शिविरमा फिजिसियन डा. श्रेष्ठले स्वास्थ्य जाँच गरिरहेका छन् ।






