बुटवल । प्रदेश स्तरिय फुटबल प्रतियोगिताको फाईनल खेलमा बाँके र बर्दियाको टिम भिड्ने भएका छन् । प्रदेश स्तरिय खेलका लागि आईबारदेखि जारी खेलमा बाँकेले तीनवटा जिल्लालाई पराजित गर्दै फाईनलमा पुगेको हो । पहिलो खेलमा प्युठान, दोश्रो खेलमा रूपन्देही र तेश्रो खेल सेमिफाईनलमा दाङलाई पराजित गर्दै बाँके फाईनलमा पुगेको हो ।
फाईनल खेलका लागि आज (मँगलबार) ४ बजे बर्दियासंग खेल हुने बाँकेका प्रशिक्षक सानू तामाङले जानकारी गराए । फुटबल खेलमा लुम्विनी प्रदेशका १२ जिल्लाको सहभागिता रहेको थियो । यसबाट छनोट वा विजेता टिमले ९ औं राष्ट्रिय खेलकुद पोखरामा हुने प्रतियोगितामा सहभागी हुनेछन् । योपनि काठमाण्डौ । नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् । युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पारे । उक्त तौल समूहमा अमेरिकाका चार्ली बिलगुड तेस्रो स्थानमा रहे ।
गत महिना मात्र अध्ययनका लागि अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडी समेत हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्थे । उनले इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए । कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए ।






