बाँके । व्याटमिन्टन प्रतियोगितामा पाल्पाकीदिया शाक्यलाई पराजित गर्दै बाँकेका सुस्मा श्रेष्ठ फाइनलमा प्रवेश गरेकी छन् । सोमबार भैरहवामा जारी भएको प्रदेश स्तरिय खेल व्याटमिन्टन प्रतियोगितामा पाल्पाकी शाक्यलाई सोझो सेटमा पराजित गर्दै श्रेष्ठ फाइनलमा प्रवेश गरेकी हुन् ।
आईतबार देखी जारी रहेको सिंगल व्याटमिन्टन प्रतियोगितामा शाक्यलाई सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको बाँकेका व्याटमिन्टन प्रशिक्षक जयन श्रेष्ठले जानकारी गराए । उनका अनुसार व्याटमिन्टन प्रतियोगिताको फाइनल खेल आज अर्थात सोमबार नै हुने छ ।
आज भएको प्रदेश स्तरिय व्याटमिन्टन, कबड्डी र फुटबल खेलमा बाँकेले जित हासिल गरेको छ । प्रदेश स्तरिय खेल छनोट प्रतियोगितामा बिजेता टिम वा व्यक्तिले ९ औं राष्ट्रिय खेलकुद पोखरामा हुने प्रतियोगितामा भाग लिनेछन् ।






