बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित राप्ती सोनारी अस्पतालले विद्युत महसुल नबुझाउँदा अस्पताल प्रशासनका कारण अस्पतालमा बत्ति विहिनको अबस्था आएको हुनाले यसमा संलग्न सबैलाई कारबाही गरिने अध्यक्ष तत्प पौडेलले बताए ।
विषेश उद्येश्यका स्थानीय तहमा स्वास्थ सुविधा दिने अवस्थामा स्थापना गरिएको अस्पताल प्रशासनलाई विद्युत महसुलका रकम उपलब्ध गराएको भएता पनि समयमा नै महसुल नबुझाउँदा यो अवस्था किन र कसरी आईलाग्यो भन्ने प्रश्न गर्दै अध्यक्ष पौडेलले महसुल नबुझाउनमा संलग्न सबैलाई कारवाही गरिने बताएका हुन् ।
अस्पताल प्रशासनले समयमै विद्युत महसुल नबुझाउँदा यतिबेला उक्त अस्पताल पुर्ण रुपले अन्धारमय बनेको स्थानियहरु बताउँछन् । निकै तामझामका उद्घाटन गरिएको अस्पतालको भवन मात्रै भए जस्तो आभास हुने गरेको स्थानीयको भनाई छ ।
अस्पताल घोषणा गरेर स्वास्थ्य चौकीले दिने सेवा सम्म दिन नसकेकोमा पीडा भोग्दै आएका स्थानीयहरू अस्पताल प्रशासनको काम देखी आक्रोशित छन् । अस्पतालले महसुल नबुझाउँदा त्याहाँका सेवाग्राहीहरु सुविधा पाउनबाट बञ्चित छन् ।
चाँडो भन्दा चाँडो अस्पतालमा बत्तिको व्यवस्था गर्न र आवशकिय सेवा उपलब्ध गराउन अस्पताल प्रशासनसंग स्थानियको माग रहेको छ ।






