बर्दिया । नेपाल स्वयसेवी रक्तदाता समाज बासगढी नगर समितिको आयोजना र बासगढी युवा मंचको समन्वयमा रक्तदान जिवनदान जनचेतनामूलक कार्यक्रम सप्पन्न गरिएको छ । बुधबार बर्दिया बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न गरिएको नगरसमिति अध्यक्ष बिनोद कुमार परियारले जानकारी दिए ।
नेपाल स्वयसेवी रक्तदाता समाज जिल्ला अध्यक्ष प्रेम लम्साल, जिल्ला उपाध्यक्ष सन्तोष बास्तोला लगाएत जिल्ला सल्लाहकारहरु विपिन पौडेल र एकनारायण अधिकारी ज्यु नगर अस्पताल तथा लायन्स क्लवका अध्यक्ष शुरेश रेघमि युवा मंचका पदाधिकारीहरु संस्थापक अध्यक्ष
मदन भण्डारी, सचिव देवराज अधिकरि, क्याम्पस प्रमुख चन्द्रप्रसाद जैशि लगायत आदरणीय सर मेडमहरु, प्रिय विद्यार्थीसाथीको ब्यापक उपस्थितिमा कार्यक्रमको सभापति नेपाल स्वयंसेवि रक्त दाता नगरसमिति अध्यक्ष बिनोद कुमार परियारले गरेका थिए ।
कार्यक्रम संचालन नेपाल स्वयसेवि रक्तदाता समाज बासगढीको सचिव बिमल सुबेदिले गरेका थिए भने कार्यक्रमका अध्यक्ष बिनोद कुमार परियारले सबैमा हार्दिक नमन साथै आभर प्रकट गरदै कार्यक्रम समापन भएको जानकारि गराएका थिए ।






