काठमाण्डौ । नाबालिग बलात्कारको अभियोगमा प्रहरीमा उजुरी परेसंगै अदालतबाट समेत पक्राउ पुर्जी जारी भएको अवस्थामा समेत प्रहरीको सम्पर्कबाट बाहीर रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछाने हाल सिंगापुरमा रहेको बुझिएको छ ।
सन्दिपको पक्षबाट बहस गर्ने तयारी गरेका एक अधिवक्ता अहिले सिंगापुर गएको आशंकमा सन्दिप सिंगापुरमा रहेकको अनुमान गरिएको छ । सिंगापुुरमा घिमिरे थरका अधिवक्ताले अन्तराष्ट्रिय विज्ञसंग परामर्श गरिरहेको बुझिएको छ ।
यसैगरी सन्दिपका एजेन्ट पाकिस्तानी खेल विज्ञ तल्हा रहमान सल्मानीसंग छलफल गरेर नेपाल फर्कने काठमाण्डौ फर्कने बुझिएको छ । घटनापछि तनावमा रहेको सन्दिप कतै नभागेको र उनी केही दिनमा काठमाण्डौ आईपुग्ने खबर पनि बाहीरिएको छ ।
आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको खबर पाएपछि निर्दोष भएको भन्दै वेस्टइण्डिजजबाट नेपाल फर्कने बताएका सन्दिप अझैं नेपाल फर्कीएका छैनन् । गत आईबार नै वेस्टइइिडजबाट हिडेका भनिएका सन्दिपले अहिले भने
विदेशबाटै कानुनी परार्माश गरिरहेको प्रहरी श्रोतले पनि जनाएको छ । काठमाण्डौ उपत्का प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्र धानुकले भने सन्दिप प्रकरण बारे अनुसन्धान जारी रहेको बताएका छन् ।






