काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बलात्कार आरोप लागेपछि निलम्बनमा परेका छन् । निलम्बनमा परेसंगै सबै आरोपहरुकको समना गर्न तयार भएका क्याप्टेन लामिछाने यतिबेला कसैको सम्पर्कमा आएका छैनन् । क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट नेपाल हिंडेको बुझिएको छ ।
तर, दुई दिन बितिसक्दापनि उनी अझैसम्म नेपाल आइपुगेका छैनन् । लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । तर, जमैकाबाट हिंडेको दुई दिनसम्म नेपाल नआउनुले उनी अन्यत्रै भा’गेको आशंका गरिएको छ । लामिछानेले नेपाल आउन कुनै पनि विमान कम्पनीको टिकट नलिएको विमानस्थल अध्यागमन सुरक्षा कार्यालयले जनाएको छ ।
तर, उनलाई अध्यागमनले कालो सूचीमा राखेको छ । नेपाल आएलगत्तै फ’क्रा’उ गर्न उनलाई कालो सूचीमा राखिएको अध्यागमन सुरक्षा अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार सुरक्षा निकायलाई अल’र्ट राखिएको छ । प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिनअघि नै जमैका छाडेको जानकारी पाइसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामिछाने दुई दिनअघि नेपालका लागि हिंडेको जानएको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन । लामिछानेमाथि १७ वर्षीया किशोरीलाई ज’र्ब”स्ती क’र’णी गरेको आ’रोप छ । उनीविरुद्ध गत मंगलबार पाीडितका तर्फबाट गौशाला प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
लामिछानेविरुद्ध जिल्ला अदालत काठमाण्डुले पक्रा’उ पुर्जी जारी गरिसकेको छ । प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ । प्रमाणका रुपमा प्रहरीले उनी किशोरीसहित बसेको नगरकोट र काठमाण्डुको होटलका सिसिटिभी दृष्य संकलन गरिसकेको छ । लामिछानेलाई क्यानले बिहीबार निल’म्बन गरेको थियो ।






