धादिङ । नेकपा प्रचण्ड माधव समूहका नेता तथा स्थायी समिति सदस्य योगेश भट्टराईले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका छन् । उनले संसद विघटनको विरोधमा नेकपा प्रचण्ड माधव समूहको आयोजनामा धादिङवेसीमा भएको विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको उनले बताए । नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने,‘नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ ।’
नेता भट्टराईले अगाडी भने,‘अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’
देश स्थायी शान्तिको लागि अघि बढिरहेको बेला वर्तमान प्रधानमन्त्री देशलाई फेरि गृहयुद्धतर्फ धकेल्न उद्दत रहेको उनले बताए । नेता भट्टराईले भने, ‘हामी शान्ति चाहान्छौँ, ओली र तिनका मण्डलेहरु यु’द्ध चाहन्छन्, त्यत्रो ज’न’यु’द्धलाई समेत शान्तिपूर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिँडाइरहेको देशलाई फेरि गृ’ह’यु’द्धमा धकेल्न प्रधानमन्त्री उद्दत हुनुभयो ।’
‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासँग साटेर बनाएको संविधान हो, कोही कसैलाई सनक चढेकै भरमा संविधान च्यात्न पाइँदैन,’ नेता भट्टराईले भने । भट्टराईले प्रतिनिधिसभामाथि आ’क्र’म’ण हुँदा पनि नेपाली कांग्रेसले दुईधारे चरित्र देखायो भन्दै कांग्रेसप्रति उनले कटाक्ष गरे ।






