काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित कोशोरी काठमाण्डौ ९ सिनामंगलस्थित होटलमा सात घण्टा बसेको खुल्न आएको छ । पिडित नाबालिगले प्रहरी वृत्त गौशालामा जाहेरी मंगलबार जाहेरी दिएपछि प्रहरीले अनुशन्धान अगाडी बढाएको थियो । पितितको बयान अनुसार निजहरु बसेको होटलको सिसिटभी भुटेजबाट निजहरु करिब सात घन्टा बसेर त्यहाँ बसेर फर्किको खुल्न आएको छ ।
भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिएको छ । होटल जाँदा सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको र किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी फुटेजमा देखिएको स्रोतले जनाएको छ । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको जानकारी दिएको छ ।बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ ।
योपनि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको उच्च सेतले उल्लेख गरेको छ । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ ।
सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको पिडितको दाबी छ । पिडित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिउका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।
तर हामिले सबैको कमेन्ट पढ्दा देखियो कमेन्ट मा धेरै ले लेखेका थिए । केटा मात्र गलत काम गर्ने अनि उजुरी पर्दा बितिकै केटाकै नाम र फोटो सामाजिक सन्जाल मा लेउने केटि को चै किन गोप्य राख्ने यदि गलत नै भएको भएको हो भने दुबै जनाको नाम र फोटो बराबर बाहिर लेउन पर्यो भनेर धेरैको गुनासो आएको छ । यो कुरा सहि लाग्छ भने एक एक सियर गर्नुहोस यो खबर लाई ।






