काठमाणडौ । प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी दरबार अगाडि आयोजित बृहत सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।
बृहत सभालाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले नेकपाको मूल पार्टी आफूले नेतृत्व गरेको नेकपा नै भएको दाबी गर्दै आफुहरु संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेर अघि बढ्ने बताएका हुन् ।
नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको प्रसंगलाई पनि जोडेका थिए ।
‘केपी ओलीले राजतन्त्र फर्काउने रे ? जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ । त्यसले राजतन्त्र फर्काउँछ ? हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं ।’ ओलीले भने
ओलीले आफुलाई संघियताविरोधि भनेर जनतामाझ गलत प्रचारप्रसार गर्नेहरु तिर इशारा गर्दे भने,‘आधा दशक लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लडेको यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले ज्यानकै बाजी थापेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’






