रुपनी जि.एम
बुटवल । “जब म बहराईनको जेलमा एक महिनासम्म कैद भएँ । त्यहाँ मैले थुप्रै नेपाली महिलाहरुलाई निकै नै दयनिय र पिडादायक अवस्थामा देखें । म उनीहरुलाई कुनै पनि प्रकारको सहयोग गर्न सक्दिनथें । तर उनीहरुको कारण मेरो जीवनको उदेश्य नै बदलियो ।” यो भनाई हो जानुका घिमिरेको । २०५२ सालमा हिमबन्ती नेपाल महिला संगठनबाट भिजिट भिसामा सात देश घुम्ने अवसर पाएकी हुन् । त्यतिबेला उनले दांगबाट प्रतिनिधि गरेकी थिईन् । बन जंगल र वातावरणको विषयमा बहराईन, दुवई, कुवेत, कतार, पाकिस्तान लगाएत सात ओटा देशको भ्रमण गर्ने मौका पाएकी जानुका बहराईनमा एक जना नेपाली महिलालाई सहयोग गर्ने क्रममा जेल परेकी हुन् ।
महिला अधिकार र समाजसेवामा सक्रिय उनि पछिल्लो समय आफ्नो समाजमा एक सम्मानित उदाहरणको रुपमा स्थापित छिन् । उमेरले चार दशक पार गर्दैगर्दा उनले समाजमा भोगेको देखेको महिलामाथिको थिचोमिचो त कति हो कति , कति आफ्नो भोगाइ कति देखे सुनेको भोगाई उनलाई समाजिक क्षेत्रमा काम गर्न अग्रसर पनि यहि कारणहरुले अग्रसर गर्यो । हाल उनि मानव अधिकारका लागी एकल महिला (डब्लु एच आर) समूह लुम्बिनी प्रदेशकी अध्यक्ष छिन् । तर नेपाली समाजमा जानुका घिमिरे जस्ता महिला कति छन् जसले आफ्ना दुखलाई चुनौतीमा बदलेर समाजमा सफल उदाहरणको रुपमा आफुलाई स्थापित गर्न सकोस ।
उनले अगाडी भनिन् “ हामी बहराईनबाट पाकिस्तान जानु पर्ने भएको हुनाले भिजाको लागी एम्बेसी गएका थियौं । त्यहाँ एक नेपाली महिला रुँदै बसिरहनु भएको थियो हामीले उहाँलाई केही पैसा थियौं । त्यही सहयोग गरेको आरोपमा हामीलाई बहराईन प्रहरीले जेल हाल्यो । परदेशको ठाँउमा नियम कानुन नबुझेको त्यहाँको कानुनमा सरकारको आदेश बिना कसैलाई कुनै प्रकारको सहयोग गर्न नपाईने नियम रहेछ ” उनिसँगै गएका अरु दुई महिला साथीहरु पनि जेल परेका थिए । हरेक दिन नेपालबाट बैदेशिक रोजगारीको सिलसिलामा बैधानिक र अबैधानिक दुबैरुपमा रोजगारीको निम्ति बिदेश जानेहरुको सङ्ख्या हजारौको रहेको छ ।
बैधानिकरुपमा जानेहरुको तथ्याङ्क रहे पनि अबैधानिकरुपमा जानेहरुको सङख्या कति छ भन्ने अहिलेसम्म सरकारसँग पनि सही तथ्याङ्क छैन । पुरुषको तुलनामा महिलाहरुको खाडी मुलुकहरुमा जाने र जोखीममा पर्नेहरुको सङख्या धेरै छ । बिशेषगरि घरेलु कामदारको रुपमा रोजगारीको सिलसिलामा जाने महिलाहरु यौन तथा मानसिक र शारिरिक हिंसामा पर्ने देखिएको छ । कतारमा दुई बर्ष घरेलु कामदारको रुपमा गएर र्फकिएकी सम्झना बिक जादा लागेको खर्च कमाउनु त कता हो कता कतार पुगेको हप्ता दिनमै यौन हिंसामा परेको कारण हाल उनि मानसिक रोगको बिमारी भएर र्फकिएकी छिन् ।
त्रिभुवान बिमानस्थलमा ओलिदै शरिर र अनुहारभरि निलो डाम लिएर र्फकिएकी उनलाई आमकासका प्रतिनिधीहरुले केही महिना सेल्टरमा राखेर उपचार गरेपछि उनलाई उनको परिवारसँग पुर्नमिलन गराएको थियो । यसरी जोखीममा पर्ने सबै महिलाहरुको अवस्था बुझ्दै जादा अधिकाश महिलाहरुमाथी मानसिक शारिरिक र यौन हिंसा भएको खुल्ल आउछ तर र्फकिएपछि समाज र परिवारबाट बिस्तापित हुने डरले धेरै महिलाहरुले आफुमाथी भएको यौन हिंसाको बिषयमा भने खुलेर बताउन चाहादैनन् । माथी उल्लेखित सम्झना बिक प्रतिनिधी पात्र मात्र हो ।
बैदेशिक रोजगारीको शिलसिलामा खाडी मुलुक पुगेका महिलाहरुले भोग्नुपरेको दुख र यातना सुन्दै आङ सिरिङ्ग हुने छन् । तर यति गम्भिर समस्याको गहिराइलाई सरकारले जसरी सम्बोधन गर्नुपर्ने हो त्यसरी सम्त्रोधन गर्न सकेको छैन । सरोकारवालाहरुले आवाज उठाएपनि प्रभावकारी हुन सकिरहेको छैन । जोखीममा परेर बिदेशबाट र्फकिएर आएका महिलाहरुलाई समाज र घर परिवारमा पुन स्थापित गर्ने उनिहरुलाई आर्थीकरुपमा स्थतापित गर्न नेपाल सरकारसग के के योजनाहरु छ भनि प्रश्न राख्दा बैदेशिक रोजगार बोर्डकी उपसचिव मैयाँ कढेल भन्नुहुन्छ,‘बोर्डमा सात अरब बजेट छ तर बजेटलाई कसरी संचालन गर्ने कस्तो कस्तो समस्यालाई बोर्डले सम्बोधन गर्ने भन्ने समस्या छ ।’
सरकारले नेपाल सरकारले बैधानिकता दिएको देशहरुमा गएको कामदारहरुलाई मात्र सेवा सुबिधा दिन मिल्छ तर समस्यामा पर्ने महिलाहरु धेरै अबैधानिकरुपमा जानेहरु मध्येबाट छन् नेपाल सरकारले इलिगल रुपमा खाडी मुलुकहरुमा नजान आग्रह गर्दा गर्दै पनि यसरी जानेहरुको सङ्ख्या धेरै भएको कारण पनि थप चुनौती बढेको छ हाल कसरी यो समस्यालाई सम्बोधन गर्न सकिन्छ भन्ने योजना बनाईरहेको बताईन् । तर यसै प्रसङ्गमा आमकासको कार्यकारी निर्देशक बिजय राई श्रेष्ठ भन्नुहुन्छ “सरकारले कि त देशभित्र नागरिकलाई व्यावसायीक बाताबरण सृजना गर्न सक्नुपर्यो कि म काम गरि खान्छु भन्ने नागरिकको हकमा नितिगत उल्झनहरुलाई हटाएर सहज बाताबरण सृजना गर्नुपर्यो ।
सरकारले कतार लेबलान साइप्रस लगायतका देशहरुमा महिला कामदारलाई प्रतिबन्धीत गरेको कारण भारत हुदै अबैधानिकरुपमा जाने र जोखीममा पर्ने महिलाहरु धेरै छन् । कामकै सिलसिलामा गएका नेपाली कामदारको कसैगरि मृत्यु भैहाले अझ लासलाई नेपाल ल्याउन अबैधानिकरुपमा गएको कारण ठुलो नितिगत समस्या छ । सरकारले बैदेशीक रोजगारीमा जानेहरुबाटै प्रति कल्याणकारी कोषको निम्ति व्यति १५ सय देखि २५ सयसम्म जम्मा गर्छन् यसरी स्थापना भएको रकम हाल सात अरब कोष पुगेको छ ।
तर कागजाग अभाव र अवैधानिकरुपमा जाने कादारहरुलाई यो कोषबाट कुनै बिसिमको सहयोग उपलब्ध हुन सकेको छैन । यो समस्या सरकार र कामदार खुबैको निम्ति ठुलो चुनौती रहेको छ र यसलाई प्रभावितहरुको पहुचसम्म पुर्याउन नितिगत बदलाब ल्याउनुपर्ने धेरैजसो सरोकारवालाहरुले बताउदै आएका छन् । सामजिक मानसिक अवस्था कमजोर भएको कारण उनले भोग्नुपरेको पारिवारिक र सामाजिक बहिस्करणको घटनाहरु हाम्रो समाजमा कति छ कति तर यो समस्यालाई सम्बोधन गर्ने नेपाल सरकारसग उचित निति छैन ।
धेरै जसो यसरी रोजगारीको निम्ति जाने महिलाहरुले माओवादी जनयुद्धको कारण उच्च शिक्षाबाट बन्चित हुनु परेको कारण बैदेशिक रोगगारीमा जानु परेको बताउछन् चरीकोटको बर्ष ४० की धनमाया तामाङ भन्छिन् “ पढ्ने उमेरमा माओवादीहरुले पढ्नै दिएनन् राम्रोगरि पढ्न सकिएन परिवारको आर्थीक अवस्था कमजोर छ बिदेश नगएर के गर्नु ?” उनि उल्टो प्रश्न राख्छीन् । हाल उनि काठमाण्डौमै सानो तरकारी व्यावसाय गरेर जिबिकोपार्जन गर्छिन् । मलेसिया कतार दुवाई लगायतका देशहरुबाट महिलाहरु मानसिक शारिरिक आर्थीक रुपमा उत्पीडन सहेर र्फकनेहरु हजारौ छ ।
तर यसरी जोखीममा परेकाहरुको आधिकारिक सङख्या न त सरकारसग छ त यस बिषयमा काम गर्ने सघसस्थाहरुसँग । पछिल्लो समय आप्रावासी महिला कामदार सघ (आमकास)ले बैदेशिक रोजगारीमा जाने क्रममा विभिन्न किसिमको हिंसामा परेको महिलाहरुबीच काम गरिरहेको सस्थाले कोरोनाकालमा मात्र पेशाबाट बिस्थापित भएर र्फकिएका १७ सय महिलाहरुलाई तत्कालको निम्ति सेवा सुबिधा दिएर घरसम्म पुग्ने र पुर्याइदिने सहयोग गरेको तथ्याङ्क छ । जनुकाले भनिन् “जब त्यहा जेल परियो तब धेरै नेपाली महिलाहरुलाई भेट्यौं ।
भेटेका मध्ये धेरैले त्यहाँको नियम कानुन र भाषा नजान्दा र सामान्य कुरामा ज्ञान नहुँदा जेलको सजाए काटि रहेको सुनियो जस्तै बाटो कसरी काट्ने जस्तो कुराहरु जुन कुराले मलाई अचम्मित पनि बनायो ।’ जानुकाले भने झैं अब बैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारीमा जाने महिला र पुरुष दुबैको निम्ति त्यहाँको कानुन नियाम भाषा लगायत बिदेश भ्रमणको क्रममा के के कुराको आधारभुत जानकारी हुन जरुरी छ भन्ने बिषयमा केन्द्रीत रहेर डकुमेन्ट्री बनाउन लागेको बताईन् ।
यही बिषयमा केन्द्रीत रहेर अभियान्ता गंगा सुब्बासंग कुरा गर्दा उनी भन्छिन्,“नेपाली महिला कामदारहरु यति लामो समयदेखि बैदेशीक रोजगारीमा गईरहेका छन् र यही सिलसिलामा उनिहरुले भोगेको दुख र समस्या अनगिन्ती छ सरकारले देखीरहेछ तर समस्याप्रति न त सरकार गम्भीर छ न त सरोकारवाला सचेत छन् । मात्रै पिडितहरु मात्र बोलीरहेछन् ।” जानुका सुरुका दिनहरुमा द्धन्द्धपिडित एकल महिला र दुई सन्तानकी आमा थिइन् तर हाल रुपन्देही जिल्लामात्र नभएर पुरै लम्बिनी प्रदेश र केन्द्रसम्मै एक सफल अभियान्ताको रुप स्थापित छिन् ।
यस्तै गएको २ बर्षसम्म घरमै बन्दक जीवन बिताएर आएकी की कल्पना क्षेत्री (नाम परिवर्तन गरिएको छ) भन्छीन्,“बैदेशिक रोजगारीको निम्ति जाने कामदार आफै पनि आफु जादै गरेको देशको नियम कानुनको बिषयमा जानकारी जाने व्यति आफैले पनि जानकारी राख्नुपर्ने रहेछ जस्तै भाषा सिक्नु पर्ने रहेछ, कानुनीप्रकृया बुझ्नुपर्ने रहेछ ।” नजानीकन जाँदा मैले यो दुख भोग्नुपर्यो । नेपाल सरकारसंग आर्थीक बर्ष २०७७, ०७८ मा १ हजार ३२ जना मानव बेचबिखनमा परेका मध्ये ७८ जना रोजगारीको नाममा तस्करीमा परेकाहरुको उद्धार गरी र्फकाइएको तथ्यांक छ । त्यस्तै आर्थीक बर्ष ०७७, ०७८ मा १ सय १ जना पुरुष र ५१ जना महिलाले रोजगारीको नाममा बेचबिखनमा परेको भन्दै उजुरी दिएको उल्लेख छ ।






