नेपालगञ्ज । डा. अंशुमाली जोशी इन्डोक्राइनका नेपाली ब्राण्ड नेपालगञ्ज आउने भएका छन् । उनी यस क्षेत्रका बिरामीहरुको चेक जाँचकालागी यही श्रावण २७ र २८ गते (भोली र पर्सि) नेपालगञ्ज स्थित कान्ति आरोग्य अस्पतालमा आउने भएका हुन् । डा. जोशीले विशेषगरी यौन इच्छामा कमी, शरिरमा हार्मोनहरुको गडबडी, थाइराइडको समस्या, सुगर कम तथा बढी हुने जस्ता रोगको उपचार गर्नेछन् ।
विशेषगरी यस्ता रोगको उपचार गर्नकोलागी यस क्षेत्रका बिरामीहरु प्राय उपचार र परामर्शकालागि काठमाडौ या लखनउ जाने गर्दछन् । कान्ति आरोग्यले उक्त कुरालाई मध्यनजर गर्दै नेपालका चर्चित इन्डोक्राइनोलोजिष्टहरु मध्यकै एक डा. जोशीलाई बोलाएर उपचार र परामर्शको व्यवस्था गरेको अस्पताल श्रोतले बताएको छ । अस्पताल श्रोतका अनुसार डक्टरसंग भेट्ने समय २७ गते बिहान १० बजेदेखि बेलुका ६ बजेसम्मको हुनेछ भने २७ गते बिहान ७ बजेदेखि बिरामी चेकजाँच नसकिंदासम्मकै हुनेछ ।
नयाँदिल्लीस्थित प्रतिष्ठित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) बाट इन्डोक्राइनोलोजीमा डिएम गरेका उनी दैनिक दर्जनौ बिरामी हेर्छन् । बिरामी निको बनाएर फर्काउनुमा सर्वोत्तम खुशी अनुभूत गर्ने यी चिकित्सक बिहान देखि बेलुका चेक जाँच नकिसदासम्म बिरामी हेर्नेमै व्यस्त रहन्छन् । डा. जोशी पोखरा फुलवारीका स्थायी निवासी हन् ।
वि.सं.२०३३ सालमा तत्कालीन साइनिङ अस्पताल पोखरामा जन्मिएका जोशीको बाल्यकाल साथीहरुको समूहमै बित्यो । उनले जे गर्दा पनि साथीहरुकै समूहमै गर्ने गर्थे । माउण्ट अन्नपूर्ण स्कुलबाट उनको शिक्षादीक्षा अगाडि बढेको हो । त्यहीबाट उनले २०४९ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरे । अन्नपूर्ण स्कुलमै क्याम्पसमा पनि भएकाले उनले त्यही नै आइएस्सी अध्ययन सुरु गरे । त्यहाँबाट २०५१ सालमा उनले आईएससी उत्तीर्ण गरे ।
स्कुल पढ्दैदेखि उनको सपना डाक्टर वा इन्जिनियरमध्ये एक बन्ने थियो । आईएस्सी पढ्न थालेपछि भने उनले करिअर केन्द्रित रहेर विषय छनोट गरे । सन् १९९४ मा मन्त्रालयकै छात्रवृत्तिमा मणिपाल मेडिकल कलेजमा एमबीबीएस पढ्ने अवसर पाए । एमबीबीएसका सुरुवाती दिनमा उनलाई आईएस्सी र एमबीबीएस बीचमा केही ग्यापजस्तो अनुभव भयो ।
उनले सन् २००७ मा आईओएमबाटै मेडिसिनमा एमडी सके । अध्ययापनकै शिलशिलामा डा. जोशी चीन पनि पुगेका छन् । चीनको बसाइमा उनले त्यहाँ नागरिकको देशप्रतिको भावना र डेडिकेसन देखेर उनी प्रभावित भए । चीनबाट फर्केर उनी मणिपालमा फिजिसियनका रुपमा काम गर्न थाले । त्यहाँ ८ महिना बिताएपछि उनी एमडीपछिको फरदर एजुकेशनका लागि अवसरको खोजीमा लागे ।
६ महिनाअघि उनका एमडीका क्लासमेट डा. ओममूर्ति अनिलले एम्समा डिएम कार्डियोलोजीमा नाम निकालेका थिए । डा. जोशी आफै पनि स्वास्थ्य शिविरहरु लिएर पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरुमा पुगिरहेका हुन्छन् । उनी संलग्न सेन्टरबाटै वर्षमा दुई वटा शिविर हुन्छन्, जसमा बिरामीको उपचारदेखि जनचेतनाका कामसम्म हुन्छन् । ठाउँ—ठाउँमा फ्री स्क्रीनिङका कामहरु पनि गरिरहेका हुन्छन् ।






