काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् । योपनि सङ्खुवासभाको पाँचखपन नगरपालिकामा चट्याङ लागेर एक हल गोरु मरेका छन् । गए राति चट्याङ लागेर पाँचखपन २ माथिल्लो स्याबुनका प्रविन लाखेको हल गोरु मरेका हुन् ।
चट्याङले घरमा रहेको बिजुलीको मिटरबक्स र वाइरिङमा समेत क्षति पुर्याएको पाँचखपन २ का वडाध्यक्ष ओम श्रेष्ठले बताउनुभयो । चट्याङ लागेर गोठमा बाँधी राखेको हल गोरु मरेपछि वडा कार्यालय, स्थानीयवासीको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएको थियो ।







