काठमाडौं । नेकपा ओली समूहले आज गर्ने ‘बृहत जनसभा’ कोलागी नारायणहिटी दरबारकै ठीक अगाडी मञ्चको स्थापना गरिएको छ । बृहत जनसभाकालागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर विहिबार नै हटाइसकिएको छ भने त्यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न समेत सुचित गरि सकिएको छ ।
मध्याह्न १२ बजेदेखि सुरुहुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा स्रोतका अनुसार उपत्यकाका १५ स्थानबाट जुलूस निकाल्ने तयारी भईरहेको छ ।
जनसभालाई लक्षित गरेर प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । राजधानीमा आज हुने जनसभाले समेत उपत्यकाको ट्राफिक व्यवस्थामा प्रभाव पर्ने जनाउँदै बैकल्पीक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।






