काठमाडौ । संसद विघटन विरुद्ध आन्दोलनरत नेकपाले आयोजना गरेको आमहडतालका क्रममा प्रहरीसँगको झ ड प मा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । विहीबार घाईते भएपछि उनलाई उपचारकोलागी काठमाण्डौ ल्याईएको थियो । उपचारका क्रममा थाहा भयो उनको अण्डकोषमा चोट लागेको रहेछ ।
शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसंग जम्काभेट भएको थियो । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा पूर्वमन्त्री यादव घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा ग’म्भी’र चोट पत्ता लागेको थियो । पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।
यसैगरी, जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा पनि घाइते भएका छन् । उनलाई टाउकोमा चोट लागेको छ । घाइते भएका नेकपा प्रचण्ड माधव पक्षका नेता मातृकाप्रसाद यादव, रामचन्द्र झासहित चारजनालाई उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।






