काठमाडौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लब समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतले थुनामुक्न गर्न आदेश जारी गरेको छ । बास्तोलालाई सर्वोच्चकाका रजिष्टार र नेपाल बार एसोसिएसनका अध्यक्षको रोहबारमा थु’नामुक्त गर्न आदेश जारी गरेको हो ।
न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार थु’नामुक्त गर्न आदेश जारी गरेको हो । ‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र प’क्रा’उ गर्ने र अनुसन्धानका क्रममा भनी थु’नामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’ आदेशमा भनिएको छ ।
यसअघि, यही माघ १५ गते न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो । विप्लब नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बास्तोलाकोतर्फबाट हिमा बास्तोला सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
गत पुस २९ गते बास्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले प’क्रा’उ गरेको थियो । बास्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको ब’म बि’स्फो’टको घटनामा संलग्न रहेको आरोपमा थु’नामा राखिएको हो ।






