काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका शरणार्थीहरुलाई परिचपत्र दिने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय सभामा सोमबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले परिचयपत्र लिन छुटेकाहरुलाई दिने तयारी भइरहेको बताए । विभिन्न समयमा र विभिन्न भूभागबाट नेपालमा आएर बसेका शरणार्थीहरु पनि नागरिक नै हुन् । उनीहरुको पनि मानव अधिकार छ ।
त्यसैले छुटेकाहरुको हकमा परिचय पत्र बनाउने गृहकार्य भइरहेको छ । उनीहरु नेपालमा सहज जीवन जीउन सकोस् भन्ने हाम्रो चाहना हो, उनले भने ।उनले नेपालमा रहेका शरणार्थीहरुलाई सरकारले नीति बदलेर कोरोनाविरुद्धको खोप दिएको बताए । कोभिड महामारीको बेला नेपाली नागरिकले मात्रै भ्याक्सिन पाउने प्रावधान थियो । त्यो बदलेर नेपालमा बसोबास गर्ने सबैलाई दिनुपर्छ भनेर नीति बदलेर भ्याक्सिन दिइएको छ ।
त्यसमध्ये पहिचान खुलेका शरणार्थी र नखुलेका शरणार्थीहरु पनि रहेका छन् उनले भने । उनले नेपालमा रहेका शरणार्थीहरुको पनि बालबच्चा जन्मिएको र हुर्किएको भन्दै उनीहरुको दायित्व हाम्रै समाज र सरकारले लिने बताए । उनीहरुको जीवनयापन सहज होस् र उनीहरुले मानव अधिकार प्राप्त गरुन् भन्ने हाम्रो चाहना हो, सरकारको चाहना हो । उनले भने,
पछिल्लो पटक कतिपय शरणार्थीका नेपालमै बालबाच्चाहरु जन्मिएका छन् । तिनीहरु हुर्किँदै छन्, बढ्दै पनि छन् । उनीहरुको दायित्व पनि हाम्रो समाज र सरकारको हो । उनले भने । राष्ट्रियसभा सदस्य सोनाम गोल्ज्यान शेर्पाले नेपालमा तीन पुस्तादेखि शरणार्थी बसेको र पहिलो लटकाले परिचय पत्र पाएर कानुनी मान्यता पाए पनि उनीहरका छोरा नातीले नपाएको भन्दै प्रश्न गरेका थिए ।






