रुपनी जि.एम
बर्दिया । बर्दिया भन्ने बित्तिकै राष्ट्रिय निकुञ्ज र निकुञ्ज भित्र रहेका जनावरहरुको सम्झना आउँछ । बर्दियाको ठाकुरद्धारा भन्ने ठाउँ होमस्टे र पर्यटन प्रर्वद्धनकालागी निकै चर्चित र आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल ठाउँ हो । पर्यटन प्रर्वद्धनका विषयमा यस्ले लुम्बिनी प्रदेशकै ध्यान तानेको छ । साथै अन्यत्रबाट पनि त्यस ठाउँमा पर्यटकहरु जाने गर्दछन् र जंगल सफारीमा भेटिएका जनावर देखेपछि मोहीत भएर फर्कने पनि गर्दछन् । विशेषगरी बर्दियाको राष्ट्रिय निकुञ्जमा वन्य जन्तु र जनावर हेर्नकै लागी पर्यटकहरु भित्रने गर्दछन् ।
निकुञ्ज घुम्न गएका पर्यटकहरुको ध्यान अन्य वन्य जन्तुको तुलनामा निकुञ्जमा रहेका चित्तलहरुको रोमाञ्चक गतिविधिले तान्ने गरेको छ । निकुञ्ज पसेको केही समय बितेपछि परैबाट देखिने हरियो घाँसे मैदान र त्यही मैदानमा आ–आफ्नो झुण्डमा चरि रहेका चित्तलका बथानले नै हो पर्यटकलाई मनमोहक बनाउने । चित्तल देखेपछि पर्यटकहरुको रमाहट र चिच्चाहटको आवाजले तर्सिंदै कान ठाडो पारेर, बुर्कुसि मार्दै घाँसे मैदान छाडेर जंगल भित्र पस्दै गर्दाको दृश्यले पर्यटकको मनमा एउटा बेग्लै आनन्द उत्पन्न गराउँदछ ।
टेलिभिजनका पर्दामा नेश्लन जियोग्राफि च्यान भित्र देखिने ‘वाईल्ड एनिमलस’ को जस्तै दृश्य भन्दा कमको देखिदैन बर्दियाको राष्ट्रि निकुञ्जमा जनावरहरुको चहलपहल । उक्त निकुञ्ज भित्र रहेको घाँसे मैदानमा विशेष गरी चित्तलको असाध्य नै मनमोहक दृश्य देखेर पर्यकटहरु लोभिने गर्दछन् । कोही सिंघ भएका बाह्र सिंगे त कोही नभएका मुडुले चित्तलको बथान उत्तिकै देख्न पाईन्छ निकुञ्जमा । निकुञ्ज भित्र जंगल सफारी गरिसकेपछि निकै राम्रोसंग वन्य जन्तुको संरक्षण गरेको भन्दै वन्य जन्तुलाई नजिकैबाट हेर्न पाएकोमा पर्यटकहरुले खुशी ब्यक्त गर्ने गरेको बताउँछन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ ।
दुर्लभ वन्यजन्तुहरु अवलोकन गर्न आउने क्रम बढेसँगै बर्दियामा वन्यजन्तु पर्यटन फस्टाउन थालेको अधिकृत श्रेष्ठको भनाई छ । उनका अनुसार उक्त निकुञ्जमा बाघ, पाटेबाघ, अर्ना, जरायो, चित्तल, लगुना, रतुवा लताएत विभिन्न प्रजातिका चराचुरुंगीहरु पाईन्छन् । निकुञ्ज भित्र सफारीमा गएका पर्यकहरुले बाघलाई सित्तिमित्ति देख्न नपाएपनि अन्य जनावरलाई भने हेरेरै आनन्दित हुने गर्दछन् । त्यसमा पनि आन्तरीक र बाह्य दुबै पर्यटकहरुको मुख्य उद्येश्य भनेकै होमस्टे गर्ने र राष्ट्रिय निकुञ्ज भित्र रहेका जनावरहरुको रोमाञ्चक गतिविधि नियाल्ने नै हो ।
बर्दियामा आन्तरीक र बाह्य दुबै पर्यटक लोभ्याउँदै चित्तल (फोटोफिचर)
बर्दियामा आन्तरीक र बाह्य दुबै पर्यटक लोभ्याउँदै चित्तल (फोटोफिचर)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






