काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६।४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन् ।
सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन् । ‘विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो,’ उनले भने, ‘यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन ।’ उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रोग हो ।
मुलुक संघीयतामा गइसकेपछि यसमा सुधार हुने अपेक्षा थियो । तर, हुन सकेको छैन । सरकारले वैशाखसम्म ३१.२८, चैतसम्म २७.४५, फागुनसम्म २०.७३, माघसम्म १६।५२, पुससम्म १३.४४ प्रतिशत खर्च गरेको थियो ।
यस्तै मंसिरसम्म ७।६७, कात्तिकसम्म ५।५७, असोजसम्म ३।९४, भदौसम्म ०।६९ र साउनमा ०.२३ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।






