एजेन्सी । पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षको उमेरमा निधन भएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए । हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ ।
उनको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ । भर्खरै मात्रै आमिर लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिनुभएको थियो, जसका कारण उनले देश छाड्ने घोषणा गरेका थिए । धार्मिक टीभी कार्यक्रम ‘आलम अनलाइन’ बाट चर्चित डा.आमिर लियाकत हुसैन सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बनेका थिए ।
योपनि आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले आज बिहीवारमात्रै मर्स्याङ्दी र मध्यमर्स्यङ्दीको बिजुली पनि निर्यात हुने जनाएको छ ।
भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग छ । त्यो माग परिपूर्तिका लागि सामान्यरूपमा नै भए पनि प्राधिकरणले बिजुली निर्यात गरेको हो । त्यसको मात्रामा क्रमशः वृद्धि भएको छ । प्राधिकरणले आज ६ हजार आठ सय ३१ दशमलव ६ मेगावाट घण्टा बिजुली ऊर्जा निर्यात गर्ने भएको छ । भारतमा शेयर बजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ । त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ ।
यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसा बराबर पाउने भएको छ । भारतको ऊर्जा नियमक निकायले अधिकतम १२ भारुसम्म मात्रै बिजुलीको बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले औसतमा ६ दशमलव ९९ भारु प्राप्त गरेको छ । मनसुनको समयमा भारतमा अत्यधिक गर्मी हुने र बिजुलीको माग अत्यधिक हुने भएकाले बिजुली उपलब्ध भएको अवस्थामा आवश्यकताका आधारमा निर्यात हुनसक्ने अवस्था छ । त्यस आधारमा प्राधिकरणले सात करोड युनिट बराबर बिजुली निर्यात गर्ने भएको छ ।
प्राधिकरणले मनसुनका ६ महिनामा मात्रै २५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ । त्यही आधारमा आज दुई सय ८४ मेगावाट बराबर बिजुली निर्यात हुनेछ । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् आयोजनाको पाँच सय ५३ दशमलव ६ मेगावाट घण्टा, देवीघाटको तीन सय ४५ दशमलव ५ मेगावाट घण्टा, कालीगण्डकी ए को तीन हजार तीन सय ३४ मेगावाट घण्टा, मर्स्याङ्दीको एक हजार पाँच सय ९५ मेगावाट घण्टा र मध्यमर्स्याङ्दीको एक हजार तीन दशमलव पाँच मेगावाट घण्टा बराबरको बिजुली निर्यात हुनेछ ।
इनर्जी एक्सचेन्ज मार्केटमा प्रतियुनिट १२ भारु बराबरको उपलब्ध हुनेछ । त्यस्तै औसतमा भारु ६ दशमलव ९९ भारु र न्यूनतम २ दशमलव ४९९ भारुमा बिक्री हुनेछ । गएको चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गर्ने गरी सहमति भएको थियो । त्यही आधारमा प्राधिकरणले दुई सय मेगावाट बराबरको बिजुली खुला बजारमा समेत बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एनभीभीएन लगायतका कम्पनी छनोट भइसकेका छन् ।
देशको प्रणालीमा दुई हजार तीन सय मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले आन्तरिक माग एक हजार ६ सय ३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ । चालु आवमा ६ सय २१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आउँदो आवमा सात सय मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरेको छ ।
अहिले प्रणालीमा प्राधिकरणको १० हजार ६ सय ७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार दुई सय ५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार नौ सय २२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर विन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।






