रुपनी जि.एम
बर्दिया । गत बैशाष ३० तगे सम्पन्न भएको बर्दियाको बढैयाताल तीन ठूला दलहरुबीचको शक्ति प्रर्दशनमै केन्द्रित रह्यो । देशैभरी सत्ता गठबन्धनले आफ्ना उम्मेदवार चयन गरेको भएपनि उक्त पालिकामा भने नेकपा माओबादी र नेपाली कांग्रेसका दुई उम्मदेवार बीच नै कडा प्रतिस्र्धा थियोे । यस अर्थमा सो पालिकामा गठबन्धन नभएको हुनाले नेकपा एमालेलाई फेरीपनि बाजी मार्न सजिलो पर्ने अनुमान गरिएको थियो । तर सोंचे जस्तो चुनावी नतिजा निस्किएन । अन्ततः एमालेले माओबादीसंगको फराकिलो मतान्तरले निर्वाचनमा हार बेर्हनु पर्यो ।
अध्यक्षमा हार बेहोरेको एमालेले ७ वटा वडाध्यक्ष र उपाध्यक्षमा भने विजयी हासिल गरेको छ । एमाले बर्दियाका अध्यक्ष तथा बढैयाताल गाउँपालिको अध्यक्ष भइसकेका लालबहादुर श्रेष्ठ यस पटकको स्थानिय तहको निर्वाचनमा दोहोरिएको थिए । जनमत उनको पोल्टामा नपरेपछि उनी माओबादीका उम्मेदवार हिमालय त्रीमाठीसंग फराकिलो मतले अध्यक्षमा पराजित हुन पुगे । उनको पराजयसंगै यतबेला बर्दियामा र सिंगो एमाले पार्टी भित्रैपनि उनका सर्मथन र बिरोधमा अनेक खाले टिका टिप्पणी गर्न शुरु गरिएको छ ।
त्यसरी आलोचना गर्ने क्रममा उनका आलोचकहरुले श्रेष्ठलाई दम्भी, घमण्डी नेताका उपमा दिंदै उनलाई प्रमुखमा पराजित गर्न सफल भएकोमा खुसीयाली मनाई रहेका छन् भने समर्थकहरुले अन्र्तगतघातका कारणले पालिका अध्यक्ष पराजित भएको टिका टिप्पणी गरि रहेका छन् । एमाले बर्दियका अध्यक्षसमेत रहेका श्रेष्ठ पराजीत हुनुको कारण अरुको कुरा कम सुन्ने, नमस्ते गर्न कन्जुसाई गर्ने भन्दै उनलाई अधिकांशले घमण्डीको आरोप लगाएका छन् । तर, समर्थकहरुले भने लाल बहादुर बाहिर कडा स्वभावकको देखिए पनि उनी कार्यकर्ताप्रति निकै नरम भएको बताउँछन् ।
लालबहादुरले अध्यक्षमा हार बेर्होनुको एउटा अर्को कारण पनि यतिबेला बर्दियामा निकै नै चर्चा चलिरहेको छ । त्यो हो उनको आनीबानी र व्यहार । लाल बहादुरको बोलीमा मिठास नभएको कुरा उनकै केही नेता र कार्यकर्ताहरुले चिया पसलमा बसेर गसिपको रुपमा गाउँ गाउँमा फैलाए । र त्यसको असर चुनावमा प्रत्यक्ष देखियो । एमालेका केही कार्यकर्ता र नेताले चोक चौरहवाको चिया पसलमा लालबहादुर घमण्डी छ, कसैको कुरा सुन्दैन, खतम छ, धुब्रे हात्ती जस्तै हो । सबै कुरा आफैले जानेको जस्तो गर्छ, नमस्ते गर्दा नमस्ते फर्काउँदैन । आदि इत्यादि हल्ला र गलत प्रचारले नै उनले १ हजार भन्दा बढी मतले अध्यक्षमा हार बेहोर्नु पर्यो ।
श्रेष्ठ निकट एमालेका केही नेता र निकटका कार्यकर्ताहरुले लालबहादुरको गलत प्रचरको फाईदा माओबादीबाट अध्यक्षका उम्मेदवार बनेका हिमालय त्रिपाठीले मज्जैले उठाए । उनले मतदाताहरुलाई खुट्टैमा ढोगेर मत माग्न भ्याए । मतदाताले पनि सम्मान देऊ अनि सम्मान लेऊ भन्ने भनाईलाई सार्थत बनाईदिए आफ्ना खुट्टामा ढोग्दै मत मागेका त्रीपाठीलाई अध्यक्ष निवार्चित गराएर । गलत प्रचार गर्नुको साटो लाल बहादुरले ५ वर्षसम्म गरेका विकासका काम र सकारात्मक कामका प्रचार गरिदिएको भए अहिले नतिजा फरक हुने थियो ।
लाल बहादुरले वास्तवमै बढैताल गाउँपालिकामा विकासका काम गरेका छन् । उनले ५८ किलो मिटर पक्की सडक बनाएका छन् । बढैयाताल गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र मानिने बढैयाताललाई पर्यटकको आकर्शकको केन्द्र बनाउन उनले धेरै लगानी गरेका पनि छन् । त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य र वडा भवन निमार्णका विषयमा पनि लाल बहादुरले धेरै राम्रा कामहरु गरेका थिए । उनले जनता आवास बनाउने देखि लिएर कोरोनाको महामारीमा जनतालाई दिएको सुख सुविधा र राहत जस्ता कार्यहरु उनले बखुबी निभएका थिए । उनले गरेका यस्ता कामहरुलाई जनताले सुनेन् र सुनेकाले बुझेनन् ।
काम गर्नेहरु नै हो सन्तुष्टि र असन्तुष्टि दुबै पक्षमा बाँडिने । लाल बहादुर पनि बाँडिए । ५ वर्षे कार्यकालमा २ वर्ष कोभिडले गर्दा विकासका कामलाई तिव्रता दिन नपाएका लाल बहादुरलाई त्यही २ वर्ष नै अशुभ बन्यो । उनले विकासका काम गर्न नपाएतापनि कोभिड महामारीमा त्यस क्षेत्रका जनतालाई स्वास्थ्यमा जाँचमा भने कुनै कसर बाँकी राखेका थिएनन् । तर झट्ट हेर्दा देखिने विकासे कुराको तुलनामा उनले गरेको स्वास्थ्यको काम ओझेलमा पर्यो । र त्यहीबाट शुरु भयो उनलाई अन्तरघात गर्ने योजना बुन्न । हराउनकोलागी केवल एउटा कम्जोर कडी भए पुग्छ भने झैं लाल बहादुरलाई हराउन कोभिडको २ वर्षे कार्यकाल र उनको रुखो बोली भनेर गरिएको गलत प्रचार नै काफी भईदियो ।






