रुपनी जि.एम
बाँके । बैशाष ३० गते हुन गई रहेको आसन्न निर्वाचनकालागी बाँकेको खजुरा गाउँपालिकामा सत्तागठबन्धनको तर्फबाट अध्यक्षकालागी नेकपा माओबादी उम्मेदवार डम्मर बि.क (तुफान) चुनिएका छन् । उनको प्रतिस्पधीका रुपमा सोही पालिकामा नेकपा एमालेले सुमन मल्ललाई भिडाएको छ । सत्तागठबन्धन र एमालेको ठूलो टकरावमा तुफान र मल्लबीच भने कडा प्रतिस्पर्धा हुन सक्ने आँकलन खजुराबासीको रहेको छ । तुफान आफैमा एक राजनीति आधारशिला खडा गर्दै आएका राजनीतिका एक योद्धा हुन् ।
उनको राजनीतिक ईतिहास संयुक्त जनमोर्चा नेपालको नामबाट (ग्रामिण वर्गसंघर्ष) २०५० सालदेखि शुरु भएको हो । उनको राजनीतिक यात्रा सल्यानको बिकट ठाउँहरुमा संयुक्त जनमोर्चा नेपालले सामाजिक भेदभावका विरुद्ध देखाउने नाकटहरु हेर्दाहेर्दै शुरु भएको थियो । उक्त मोर्चाले स्कूलका फिल्डहरु बनाउने, गाउँघरका धारा पधेंरा बनाउने, गरिबहरुका विषयमा ओकालत गरेको कुराहरु, छुवाछुत अन्त्य भएको कुराहरुलाई नाटकमा देखाउने, पञ्चले सर्वसाधारणहरुलाई गरेको हेपाहा प्रवृद्धिको विरुद्धमा नाटकिय शैलीबाट जनचेतना जगाउने लगाएका कुराहरुले उनलाई राजनीतिमा बिस्तारै तान्दै लग्यो ।
समाजका विकृति र विसंगतिलाई नजिकैबाट नियालेका तुफान यसको अन्त्य हुनु पर्छ भन्ने सोंच राख्दै ०५१ सालमा अध्यक्ष प्रचण्डद्धारा बनाईएको वाईसिएलमा आवद्ध भए । समाज परिवर्तनकालागी उनी विद्यार्थी जीवनलाई थाति राख्दै २०५३ सालमा भूमिगत हुन पुगे । तुफान अखिल क्रान्तिकारी विद्यार्थी संगठनको ईकाईको अध्यक्ष बनेर विद्यार्थी राजनीतिलाई पनि नजिकैबाट बुझेका छन् । उतिबेला एसएलसी दिने चलन थियो । त्यो एसएलसीको परीक्षा दिन जाँदा उनलाई माओबादी भनेर गिरफ्तार पनि गर्यो ।
प्रहरीले गरेको गिरफ्तारीकै कारण उनको विज्ञान विषयको परीक्षा पनि छुटेको थियो तुफानको । समाज परिवर्तनकैलागी राजनीतिमा होमिएका तुफानले केही गुमाए भने केही पाएपनि । उनले पाएको सबैभन्दा मुख्य कुरा हो राजनीतिमा उचाई । संघर्षको मैदानबाट पछि नहटेका तुफानले बाल्यकालमा नाटकमा देखे जस्तै समाज परिवर्तनकालागी अनेक सपना देख्न थाले । निरन्तर क्रान्तिको बाटोमा लागेको हुनाले अन्ततः २०६३ सालमा उनी बाँके र बर्दिया गरी दुई जिल्लाको नेतृत्व तहमा सेकेटरी ईन्चार्ज हुन सफल भए ।
समाजमा हुने अनेक भेदभाव अन्त्यकालागी तुफानले हिरासतको जीवनलाई पनि व्यतित गरेका छन् । सल्यानबाट बाँके आउने क्रममा बाँकेको अगैयामा उनलाई पक्राउ गरिएको र ३ महिना उनी प्रहरी हिरासतमा पनि बसे । ३ महिने प्रहरी हिरासतमा बसेका तुफानले बाहीर आएपछि फेरी संगठनका काममा सक्रिय भएर नाम जस्तै काम तुफानी रुपमा गर्न थाले । उनले अहिले चुनाव लड्दै गरेको खजुुरामा जनआन्दोलनको समयमा सातदल र माओबादी सहितको संयुक्त मोर्चा बनाएर नेपालगञ्जलाई आन्दोलनमय बनाउनका निम्ति निकै ठूलो सहयोगी भूमिका पनि निभए उनले ।
एवं प्रकारले समयले मागे अनुसारको राजनीतिक कमाण्डलाई उनले कमाण्डिंग गरिरहे । यसरी तुफानले आफ्नो राजनीतिक यात्रामा मिसाल कायम गर्न सफल पनि भए । उनी एक योद्धा भएतापनि व्यक्तिगत रुपमा निकै नै शालिन र अरुको भावनालाई बुझेर व्यवहार गर्ने एक सभ्य संस्कारमा हुर्किएका नेताका रुपमा चिनिन्छन् । लामो समयको राजनीति यात्रामा निरन्तर हिंडिरहेका तुफानले जनताको भावनालाई र आवश्यकतालाई नजिकैबाट बुुझेका छन् । त्यसैले आफ्नो गाउँठाउँलाई अझैं नयाँ बनाउन अनि खजुुराबासीलाई आधुनिक किसिमले सेवा सुविधा दिनकालागी आफ्नै पालिकामा उनी अध्यक्ष पदका प्रत्यासी बनेका छन् ।
पार्टीको एक सफल कार्यकर्ता त उनी छंदैछन् । यसका साथै जनताका पनि प्रिय उत्तिकै छन् तुफान । उनका बारेमा अहिलेसम्म बाँकेबासीले मात्र नभई सिंगो मध्यपश्चिमले नै कहिले पनि कुनै प्रकारले नराम्रो छवी भएको नेताको रुपमा चिनेको छैन । उनको भनाई अनुुसार यो निर्वाचनमा उनलाई खजुराबासीले त्यस क्षेत्रको विकासकोलागी जनताले अत्यधिक मत दिएर उनले गरेको योगदानको कदर गर्दै विजय बनाउनेछन् । र उनको जीतले अबको खजुरालाई देशकै नमूना खजुरा बनाउने छ । देशकै नमूना खजुरा बनाउने योजना तुफानले प्रस्तुुत गरेको प्रतिबद्धतामा समेटिएको छ ।






