रुपनी जि.एम
बर्दिया । स्थानीय तहको निर्वाचनमा बर्दियाको बढैयाताल गाउँपालिकामा सत्तागठबन्धन र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा नहुने भएको छ । सत्तागठबन्धनलाई अस्वीकार गर्दै आ आफ्नो शक्ति प्रदर्शन गर्नकोलागी उक्त पालिकामा नेकपा माओबादीले हिमालय त्रीपाठीलाई पालिका अध्यक्षमा उठाएको छ । अक्ष्यक्षका उम्मेदवार त्रीपाठी भने सो क्षेत्रमा विशुद्ध व्यापारीका रुपमा चिनिन्छन् । बर्दियाको राजापुर भन्ने ठाउँमा उनले मिल सञ्चालन गर्दै आई रहेका छन् ।
माओबादी पर्टीप्रति आस्था भएको नाताले र उनीसंग चुनावमा खर्च गर्न सक्ने प्रसश्त मात्रामा रकम भएको हुनाले पार्टीले उनलाई रकम प्रयोगकालागी व्यापारीबाट राजनीतिकर्मी बनाउने आँट गरेको हो । वडाको कर्यसमिति समेत नबनेका उनी आसन्न निर्वाचनमा एकैचोटी पालिका अध्यक्ष लड्दैछन् । त्योपनि केन्द्रमा भएको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा एमालेसंग । त्यसैगरी सत्ता गठबन्धनलाई अस्वीकार गर्दै नेपाली कांग्रेसले पनि आफ्नो शक्ति प्रदर्शन गर्नकैलागी छुट्टै उम्मेदवारी दिएको छ ।
नेपाली कांग्रेसको तर्फबाट भने भगत नेपालीलाई उम्मेदवार चयन गरिएको छ । अध्यक्ष पदका उम्मेदवार बनेका भगत नेपाली भने सोही पालिकाका पार्टी सभापति पनि हुन् । राजनीति हिसाबले उनको अनुभव केवल पालिकाको सभापतिमा मात्र सिमित छ । उनीपनि माओबादीको उम्मेदवार त्रीपाठी जस्तै पार्टीको कुनैपनि संगठनहरुमा कार्य समिति सदस्य समेत नबनेर एकै चोटी पालिका सभापति बनेका हुन् । भर्खर राजनीतिमा पाईला चालेका नेपालीलाई राजनीति मोहले आसन्न निर्वाचनकालागी चुनावी मैदानमा उतारेको छ । उनी उक्त पालिकाको प्रतिस्पर्धी उम्मेदवार मध्यका कान्छा उम्मेदवार हुन् ।
त्यसैले उनलाई पालिका हाँक्नकलागी अपरिपक्क उम्मेदवारका रुपमा त्यस क्षेत्रका जनताले आंकलन गरेकाछन् । पार्टीका शिर्षस्थ नेताहरुले गरेको सत्ता गठबन्धनलाई तोड्दै आफ्नै आफ्नै दम्भमा माओबादी र कांग्रेसका स्थानिय नेताहरु चलेको बर्दियाको बढैयातालमा यी दुई फरक पार्टीका फरक फरक उम्मेदवारहरुको उम्मेदवारीले कस्तो परिणाम ल्याउला त्यो भने निर्वाचन नतिजाले नै बताउँने छ ।
गठबन्धनको गाँठो तोडिएको बढैयातालमा नेकपा एमालेका तर्फबाट लाल बहादुर श्रेष्ठ पुनहः दोहोरिएका छन् । उनी वि.सं. २०७४ सालको निर्वाचनमा सोही पालिकामा निर्वाचित भएर अध्यक्ष पद सम्हाल्दै आई रहेका छन् । अध्यक्ष पदका उम्मेदवार लाल बहादुर श्रेष्ठ नेकपा एमाले बर्दियाको जिल्ला अध्यक्ष समेत हुन् । कोभिडले बिथोलेको पाँच वर्षे कार्यकालमा काम गर्न बाँकी रहेका थुप्रै योजनालाई पुरा गर्नकोलागी उनले उम्मेदवारी दोहोर्याएको बताउँछन् ।
अन्य दुई पार्टीका उम्मेदवारहरुभन्दा उमेर र अनुभवले परिपक्क लाल बहादुरसंग सुखी र सम्बृद्ध बढैयाताल बनाउने भिजन प्रशस्तै छ । उनले कोभिडका कारण काम गर्न नपाएको २ वर्षले बढैयातालमा विकासका कयौं याजनाहरु बाँकी रहेको बताउँदै ती योजनालाई पुर्णता दिनकोलागी नै आफ्नो उम्मेदवारी दोहोर्याएको बताउँछन् । अध्यक्ष पदका उम्मेदवार लाल बहादुरले आसन्न निर्वाचनकालागी सार्वजनिक गरेको घोषपत्रमा बढैयातालको विकासका कुराहरुलाई प्रथामिकता दिएका छन् ।
प्रष्ट भिजन र परिपक्क अनुभवका साथ चुनावी मैदानमा उत्रीएका लाल बहादुरलाई बढैताल गाउँपालिकामा प्रतिस्पर्धाको खासै कसरत गर्न नपर्ने गरी सजिलो वातावरण भने सत्ता गठबन्धनको फुटले नै गराई दिएको छ । गठबन्धन भई दिएको भए उनलाई यस पटकको आसन्न निर्वाचनमा निकै मेहेनतका साथमा निर्वाचनको नतिजा आफ्नै पोल्टा पार्नकोलागी कसरत गर्नु पर्ने हुन्थ्यो तर सत्तागठबन्धन दलबीच तालमेल नमिल्दा एमालेलाई राहत भएको राजनीतिक विश्लेषकहरुको भनाई छ ।






