रुपनी जि. एम
बाँके, नेपालगञ्ज । बैशाष ३० गते हुन गई रहेको आसन्न स्थानिय तहको निर्वाचनमा नेपालगन्ज नगर पालिकामा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपमेयरको उम्मेदवार बिन्दु चर्ति मगरलाई बनाईएको छ । बिन्दु आफैमा एक सक्षम र कुटनीति गर्न सिपालु राजनीति कर्मी पनि हुन् । उनको राजनीतिक यात्राको शुरुवात नै राप्रपाबाट भएको हुनाले पार्टीमा पनि उनको बलियो प्रभाव रहेको छ । जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म सबै नेताहरुसंग राम्रो र कुटील सम्बन्ध बनाउन सफल बिन्दुले राप्रपाका महामन्त्री डा. धवल समशेर राणाको सिको गर्दै राजनीतिमा पाईला चालेकी छन् भन्दा फरक नपर्ला ।
स्थानीय चुनावमा नजिकिँदै गर्दा राप्रपाले नेपालगन्जमा कस्तो नतिजा ल्याउँछ भन्नेमा धेरैको ध्यान केन्द्रित भएको छ । पाँच दलको गठबन्धन एकातिर र एमालेको ठूलै दलबल अर्कोतिर हुँदापनि यी दुबैसंग प्रतिपर्धा गर्न उपमेयरकी उम्मेदार बिन्दु चुनावी मैदानमा आफ्नो विश्वास र नेपालगञ्ज बासीको भरोसामा होमिएकी छन् । उनको यो साहासलाई धेरैले सम्मान पनि गरिरहेका छन् । गठबन्नकै कारण कांग्रेस माओबादीेले उपमेयरमा महिला उम्मेदवार नउठाएको हुनाले पनि राप्रपाकी बिन्दुको प्रतिस्पर्धा भने नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार शान्ति ढकालसंग हुने भएको छ ।
गठबन्धनले महिला उम्मेदवार चयन नगरेकै कारण बिन्दुको प्रतिस्पर्धी एमाले उम्मेदवारसंग मात्रै भएको हुनाले पनि उनी आफ्नो जीतको वातावरण र अभ्यास दुबै सहज भएको बताउँछिन् । बिन्दु राजनीति कर्मी हुनुको साथसाथै उनी त्यस क्षेत्रकै सफल व्यावसायी पनि हुन् । उनको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा पनि फ्रेस फ्लावरको व्यापार गर्ने बिन्दु एक मात्र व्यापारी हुन् । उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचित सदस्य हुनुको साथै महिला उद्यमी संघ बाँके नेपालगञ्जको कार्यसमिति सदस्य पनि हुन् । उनी लाईन्स क्लब अफ नेपालगञ्जमा पनि आवद्ध छिन् । फ्लारी कल्चर एसोसियशन (लुफान) प्रदेश नं. ५ को उनी उपाध्यक्ष समेत हुन् ।

त्यस्तै नेपालगन्जका विभिन्न संघ–संस्थामा सक्रिय रहेका ठूलो जमातले बिन्दुलाई समाजसेवीको रुपमा पनि चिन्ने गर्छन् । अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपनामहरु छन् । पुष्प व्यवसायी चर्ती मगर महिला उद्यमीहरुको लागि एक प्रेरणाको स्रोत हुन् भने दिनदुखीको लागि अभिभावक पनि ।
राप्रपाको महामन्त्री डा.धवल समशेर राणाले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल गरेको स्थानीय तह भएकाले पनि राप्रपालाई गतिलो उम्मेदवार दिनुपर्ने चर्को दबाब थियो । त्यही दबााका बिच राप्रपाले बिन्दुलाई नेपालगन्जको भाबी उपमेयरको रुपमा प्रस्तुत गरेको छ । जसलाई स्थानीय स्वीकार गरेको पाइन्छ । नेपालगन्जको लागि बिन्दु चर्ती मगर आफैमा उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’ हुन्, त्यसैमा नेपालगन्जका मेयर डा. धवल समशेर राणाको बिरासत जोगाउन राणा जस्तै स्वच्छ छवि भएको उम्मेदवारको आवश्यकता बिन्दुले पूरा गरेको धेरैको बुझाइ छ ।
राप्रपाको ईलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती मगर नेपालगन्ज नगरमा जहाँ–जहाँ चुनावी अभियान लिएर भोट माग्दै जान्छिन्, त्यहाका नगरबासीको अथाह माया र आशिर्वाद पाएकी छिन् । व्यवसायमा नयाँ आउने महिला उद्यमीदेखि लिएर केही गर्ने जोश र भिजन लिएर व्यवसायमा छिर्ने महिला दिदिबहिनीको लागि प्रेरणा बन्दै स्वरोजगार बन्न प्रेरित गर्ने चर्तीमगर सबैको ‘बिन्दु दिदी’ बन्ने गरेकै कारण उनको चुनावी माहोल विपक्षी भन्दा धेरै अगाडि रहेको नगरबासीको बुझाइ छ ।
चर्तीमगरले बाँकेमा पहिलोपटक १० जनालाई पुष्प तालिम दिएर उद्यमी बनाएकी छिन् । उनी बाँकेमा सबैभन्दा बढी पुष्प उत्पादक हुन भने उनको चर्ती फ्लोरा बाँकेको पहिलो र एकमात्र पुष्प बिक्री केन्द्र हो । त्यस्तै बाँकेमा पहिलो चाउमिन उद्योग पनि उनकै परिवारले सुरु गरेका थिए भने आज सो उद्योगको नेतृत्व चर्ती आफैले गर्छिन् । राजनीतिज्ञ भन्दा समाजसेवीको रुपमा चिनिएकै कारण पनि नगरबासीले चर्ती मगरलाई जित निश्चित रहेको बताउँछन् ।
पद र प्रतिष्ठा भन्दा सेवामा धेरै विश्वास गर्ने बिन्दु नेपालगन्ज उप–महानगरपालिकाको उपमेयर भएको खण्डमा नगरबासीको लागि उनले गर्नसक्ने कामहरुलाई मध्यनजर गर्दै चर्तीलाई उपमेयरमा जितेको देख्ने सपना रहेको नेपालगन्जवासीको बुझाइछ । नेपालगन्जलाई ‘ग्रीन एण्ड क्लिन’ शहर बनाउने सपना लिएकी चर्ती मगरले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउँछिन् ।






