सिराहा । सिराहामा आफ्नै घरबाट २ वर्षका बालक बे’प’त्ता भएका छन् । सिराहा नगरपालिका १ बाट दुई वर्षीय बालक आफ्नै घरबाट बे’प’ता भएका हुन् । घटना भएको दुई दिन बित्न लाग्दा पनि उनको अवस्था पता लागेको छैन । परिवारजनले अ’प’ह’र’णको शं’का गरेका छन् । तर, फिरौती वा धा’क’ध’म्की अहिलेसम्म नआएको कारण घटना के हो भन्ने खुल्न सकेको छैन ।
मंगलबार ती बालककी आमा संगिता मंगलवारी व्रत लिइकी थिइन् । घरमै कामकाज गर्दै थिइन् । हजुरआमा गुलवादेवी पनि आगनकै गोठमा थिइन् ।अपरिचित व्यक्तिले बच्चा लिएर जानै लाग्दा हजुरआमाले डुलाउन लगेको भनेर केही सोधिनन् । तर बच्चा डुलाएर घर नफर्किएपछि खोजबिन शुरु भएको थियो । बे’प’ता हुनेमा प्रदीप यादवका २ वर्षीय छोरा इशान्त भन्ने प्रियान्सु यादव रहेको प्रहरीले जनाएको छ । उनको घर वडा प्रहरी कार्यालय सिरहादेखि २ सय मिटरको दुरीमा छ ।
आफ्नै घरकै आगनमा खेल्दै गरेका प्रियान्सुलाई एक अपरिचत व्यक्तिले डुलाउन भनेर बोकेर लगेको परिवारजनको भनाइ छ । यो घटना मंगलबार साँझको हो । पहिले केही घण्टा परिवारका व्यक्तिहरुले आफैँ खोजबिन गरे नभेटेपछि प्रहरीमा जानकारी गराएका छन् । बालक फेला नपरेपछि साउदी अरब वैदेशिक रोजगारमा गएका उनका बुबा र आमा घरमा छिनछिनमा मुर्छा पर्ने गरेका छिमेकी बताउँछन् । सिरहा सदरमुकामबाट बच्चा अपहरणको यो पहिलो घटना हो ।
भू’मि’ग’त समूह सक्रिय रहेका बेलामा व्यक्ति अ’प’ह’र’णका घटनाहरु देखिए पनि कलिला बालबालिका अ’प’ह’र’णमा परेका थिएनन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बच्चा हराएको सूचना आएकोले प्रहरीले खोजबिन थालेको बताए । बच्चा खोज्न सीमाक्षेत्रका गाउँबस्तीसँगै सीमापारीका भारतीय सुरक्षा निकायसँग समन्वय गरी खोजबिन गरिरहेको प्रवक्ता शर्माले बताए ।






