विराटनगर । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आमहड्तालका चियानास्ता पसलमा खोलेभन्दै पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइएको छ । हड्ताल उ’ल्लं’घन गरेको भन्दै उनीहरुले जनकपुरमा खाजा पसल संचालन गर्दै आएका आमा छोरी माथि तातो तेल खन्याएका हुन् ।
दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रु’र’ता’पूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन्। घाइतेहरु एउटै परिवारका आमाछोरी हुन् । ह’ड्ता’लका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन् ।
उमालेर समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन् । पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो । उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन् । विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि ल’ट्ठी, मु’क्का र लात्ताले कु’ट’पि’ट गरेको प्रत्यक्षदर्शीले बताए । कु’ट’पि’टबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चो’ट लागेको छ ।
पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा ल’ट्ठीसहित आ’न्दो’लन’का’रीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताए। ‘हामीलाई पनि खाजा खान पसल चाहिने भएकाले चियानास्ता बेच्ने ठाउँ बन्द गर्न हुँदैन भन्दै सुरुमा एउटा समूह आएर गयो’, प्रमोदले भने, ‘त्यसको केही बेर पछि हुलहुज्जत र होहल्ला गर्दै ल’ट्ठीसहित आएको आ’क्रो’सि’त समूहले उम्लिइरहेको तातो तेल श्रीमती र छोरीको शरीरबाट खन्याइदिएर पसलमा तोडफोड गर्दै मलाई पनि आ’क्र’म’ण गर्यो।’
तो’ड’फो’डबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् भने पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याउने काम गरिदिएको एक प्रत्यक्षदर्शीले बताए । त्यस्तै नास्ता बनाउन तयारी अवस्थामा राखिका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ ।






