काठमाडौ । अखिल नेपाल फुटबल संघ९एन्फा०मा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । विभिन्न व्यक्ति, संस्था तथा जिल्ला फुटबल संघले समय–समयमा विभिन्न शीर्षकमा लिएको पेश्की फछ्र्यौट गर्न बाँकी छ । एन्फामा आर्थिक वर्ष २०७६र०७७को असार मसान्तसम्ममा फछ्र्यौट हुन बाँकी पेश्की रकम ४ करोड ८९ लाख ७ हजार ५ सय ७२ छ ।
विश्व फुटबलको अभिभावक संस्था फिफा, एसियन फुटबल फेडेरेसन (एएफसी) र नेपाल सरकारको अनुदानबाट चल्ने एन्फाको खाताबाट विभिन्न शीर्षकमा गएको पेश्की लिने व्यक्तिले इमान्दारिता नदृखाइदिँदा फछ्र्यौट नगरेको एन्फा स्रोत बताउँछ । पेश्की रकम सबैभन्दा बढी फिफाको खाताबाट लिइएको छ । जसमा फिफाको खाताबाट २ करोड ६० लाख २७ हजार ३० रुपैया लिएको छ भने एन्फाको खाताबाट १ करोड ४६ लाख २४ हजार ५ सय ८ रुपैया छ ।
यस्तै, एएफसीको खाताबाट ८२ लाख ५६ हजार ३४ रुपैया छ । फछ्र्यौट हुन बाँकी रहेको पेश्की रकम ३ महिना, ६ महिना, ९ महिना, १ वर्ष र १ वर्षभन्दा लामो समयदेखि बाँकी रहेको हो । एन्फाबाट पेश्की लिएर फछ्र्यौट नगर्नेमा पूर्व फुटबलर, एन्फा पदाधिकारी, जिल्ला संघ तथा विभिन्न सस्थाहरु छन् । एन्फाको अडिट रिर्पोटमा ५ लाखभन्दा बढी पेश्की लिनेको छुट्टै सूची बनाइएको छ । जसमा एन्फाका पदाधिकारीदेखि जिल्ला संघहरु छन् ।
पेश्की लिने कति व्यक्तिहरुले मृत्युवरणसमेत गरिसकेका छन् । तर, पनि उनीहरको नाममा एन्फाको पेश्की बाँकी छ । एन्फाको खाताबाट ५ लाखभन्दा बढी लिनेमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायत १९ व्यक्ति तथा संस्था छन् । एन्फाका पूर्वकार्यवहाक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र पूर्वमहासचिव स्वर्गीय लोकबहादुर शाहीको नाममा पनि पेश्की फछ्र्यौट बाँकी छ ।
एन्फाका सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने र पूर्व पदाधिकारी हरिप्रसाद रायमाझी लगायतका व्यक्तिहरुको पनि फछ्र्यौट हुन बाँकी छ । एन्फाका पदाधिकारी र जिल्ला संघहरुले विभिन्न कार्यक्रममा लिएको बजेट फछ्र्यौट नगर्दा समस्या भएको एन्फा स्रोत बताउँछ ।






