काठमाण्डौ । विवादित गायक दुर्गेश थापा यति बेला निकै नै अप्ठ्यारो परिस्थितिको सामना गरिरहेका छन् । उनले आफ्नै साथी अभिनेता पल शाहलाई नाबालिग गायिकालाई ज व र जस्ती क र णी गरेको भन्ने विषयलाई उचालेर उक्त पिडित भनिएकी गायिकालाई न्याय पाउनु पर्छ भन्दै सार्वजनिक नै भएका थिए । नाबालिकालाई न्याय दिन भन्दै पलको विरुद्धमा देखिएका दुर्गेशले तनहुँ अदालतमा बकपत्र दिँदै यस घ ट ,नाबारे अहिले आएर आँफुलाई कुनै जानकारी नै नभएको बताएका छन् ।
यसअघि नाबालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घटनाबारे कुनै जानकारी नै नभएको भन्दै किन बयान फेरे त दुर्गेशले ? यसप्रकरणमा नाबालिग गायिका, उनका जाहेरवाला बाबुले पनि बयान फेरेर घटना नै नभएको बताइसकेका बेला दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर होस्टाइल भएका हुन् ।
अदालतमा बयान दिने क्रममा दुर्गेश मंगलबार भक्कानिएर रोए । अदालत परिसरमा पल शाहलाई भेटेपछि रातोपिरो भएका दुर्गेश एक्कासी रुन पुगे । पललाई देख्दासाथ रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो पललाई सुनाएका थिए । तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको तनाव आइलागेको बताउँदै सबैथोक बिग्रेको भनिरहँदा पलले भने एकोहोरो सुनिरहेका थिए ।
यो प्रकरणपछि स्टेज कार्यक्रम नै पाउन छाडेका दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताए । पलको आडामा परेसँगै भक्कानिएका दुर्गेशले मेरो सबै चौपट भयो । व्यापार पनि बिग्रियो । उनले रुँदै भने सोच्दै नसोचेको तनाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन ।






