काठमाडौ । काठमाडौ उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम प’क्रा’उ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई प’क्रा’उ गरिएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले आ’म’ह’ड्ता’ल घोषकोणा गरेको थियो ।
सोही बन्दमा सहभागी भएकाहरुलाई प्रहरीले प’क्रा’उ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जना रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताए । त्यसैगरी कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पनि प’क्रा’उ गरेको छ ।
उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ । बन्द गराउन सड्कमा निस्केर तो’ड’फो’डमा उत्रिएकालाई नि’यन्त्र’णमा लिइएको एसपी राठौरले बताएका छन् । आ’म’ह’ड्ता’ल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिंदै छ ।
आ’म’ह’ड्ता’लमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।






