काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि गर्ने भनिएको नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । काठमाडौं लगायत देशका विभिन्न स्थानहरूमा सो पार्टीका नेता तथा कार्यकर्ता गिरफ्तार पनि भएका छन् ।
पोखराको अमरसिंह र सभागृहमा मशाल जुलुस सम्पन्न भएको छ । मशाल जुलुस निकाल्नेक्रममा प्रहरीको अनावश्यक हस्तक्षेप ,लाठीचार्जबाट युवा नेताहरु भरत भट्टराई ,भोजराज पौडेल लगायत घाइते भएका छन् । भक्तपुर, ललितपुर लगायतका स्थानहरूमा पनि मशाल जुलुस निस्किएका छन् । ललितपुरको जुलुसमा मजदूर नेताहरू सहभागी भएका छन् ।
धादिङमा निर्वतमान प्रदेश मन्त्री शालिकराम जम्कट्टेल सहभागी छन् । नेकपा केन्द्रीय सदस्य तथा धादिङ जिल्ला ईन्चार्ज समेत रहेका मन्त्री जम्कट्टेल धादिङको गजुरीमा जुलुस पछिको सभालाइ सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली ओलीको एकपछि अर्को असंवैधानिक कदमपछि आक्रोशित बनेको प्रचण्ड नेपाल समूहले बुधबार चितवनसहित देशभर राँकेजुलुस निकालेको छ ।
राँके जुुलुसमा नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य एवंम भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, प्रदेश सांसद घनश्याम दाहाल, प्रचण्ड–माधव समूहका जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतका नेताहरु सहभागि थिए ।
पोखरामा गरिएको नेकपाको मशाल जुलुसमा युवा नेताहरू घाइते (फोटोफिचर)
पोखरामा गरिएको नेकपाको मशाल जुलुसमा युवा नेताहरू घाइते (फोटोफिचर)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






