एजेन्सी । आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय स’ङ्क’ट’काल खारेज भएको छ । आर्थिक स’ङ्क’ट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा स’ङ्क’ट’काल लागू गरिएको थियो ।
तर, स’ङ्क’ट’काल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार स’ङ्क’ट’काल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य भएका हुन् । स ङ्क ट का ल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका छन् ।
राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उहाँको सरकार अल्पमतमा परेको छ । राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् ।
श्रीलङ्कामा आर्थिक स ङ्क ट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । डिजल पेट्रोल र बिजुली नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् ।






