एजेन्सी । पूर्वी युरोपमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (ने’टो) का थप सैनिक जाने तयारी गरेका छन् । नेटोले युरापमा आफ्ना थप सै’न्य पठाउने तयारी गरेको जानकारी दिएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः ने’टो आबद्ध देशहरूले यसलाई सहमति प्रदान गर्ने बताए ।
ने टोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहनले यो धारणा राखेका हुन् । उनले अहिले युक्रेनमा रुसले जारी राखेको आ क्र म णलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो विचार व्यक्त गरे ।
उनले पत्रकार सम्मेलन मार्फत भनेका छन्,‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध देशहरूले यसलाई समर्थन गर्नुहुने छ ।’






