एजेन्सी । अफगानिस्तानका छात्राहरुलाई विद्यालय जानबाट रोक लगाईएको छ । त्याहाँका छात्राहरुलाई यसअघि तालिबान सरकारद्धारा विद्यालय जानकोलागी निर्णय गरिएको थियो । सोही निर्णयलाई चौतर्फी दबाबपछि उल्टाईएको हो । अब अफगानिस्तानका कुनैपनि छात्राहरु विद्यालय जान पाउने छैनन् । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गरेका छन् ।
निर्णय किन र द्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन् ।
दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको थियो । तर तालिबान सरकार निर्णयबाट पछि हटेकोमा संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।






