काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की युवा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति निकै खरो रुपमा प्रस्तुत हुँदै आएकी छन् । उनले राष्ट्रपति विरुद्ध दिएका अभिब्यक्ति यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै विवादित बनिरहेका छन् । तर पनि उनले राष्ट्रपति भण्डारीको आलोचना गर्न भने छाडेकी छैनन् ।
नेता झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै फेरी आलोचना गरेकी छन् । उनले दुई जना मिलेर संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाएकी छन् । बुधवार बिहान ट्वीटमार्फत झाँक्रीले दुनियाँ यही पर्खाईमा रहेको र पार्टीले गरेको संघर्ष खेर गएको बताएकी छन् । झाँक्रिले खुलेरै प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको आलोचना गरिरहेकी हुन्छिन् ।
आफूले सबै कुरा जिम्मेवारीसाथ भनिरहेको उल्लेख गर्दै उनले लेखेकी छिन्, दुनियाँ यही समयको पर्खाइमा थियो। मैले नै वास्तविकता भनिदिउँ।। भने, जिम्मेवारीसाथ भनेको छु। पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब रु दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए। हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र रु पछिल्लो समय नेतृ झाँक्री राष्ट्रपति भण्डारीविरुद्ध खनिँदै आएकी छिन् ।
दुनियाँ यहि समयको पर्खाईमा थियो: मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु।
पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब? दुईजना मिलेर संबिधानलाई कागजको खोष्टो बनाए।हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र?— Ram kumari Jhakri (@Jhakri_didi) February 3, 2021






