एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज सोमवार कुराकानी गरेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका छन् ।
दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गरेको रोयटर्सले जनाएको छ ।
रुसले युक्रेनमाथि आ क्र म ण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै यु द्ध अन्त्य गराउने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग वार्ता गरेका हुन् ।
रुसका राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उनीहरूका बीचमा झन्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ ।






