एजेन्सी । किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ ।
आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट ह’म’लामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप ह’म’लालाई तीव्र पारेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट ह’म’लालाई ‘खुलस्त आ’तं’क’ भनेका छन् ।
‘कसैले पनि क्ष’मा दिँदैन् । खरकिभमा गरिएको हमला यु’द्ध अ’प’रा’ध हो,’ उनले भने । खरकिभमा भएका ह’म’लामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।






