काठमाण्डौ । रुसी सेना राजधानी किभतर्फ अघि बढिरहँदा रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले यस्तो जनाएको बीबीसीले उल्लेख गरेको छ । किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए ।
सरकारले रुसी फौजसँग प्रतिवादका लागि ह’ति’या’र बो’क्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले उल्लेख गरेको छ । यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाएको छ । रुसले बिहीबार बिहानबाट युक्रेनमा आ’क्र’म’ण था’लेको थियो ।
यु’द्ध सुरू गरेको दोस्रो दिन रूसी सैनिकहरू युक्रेनको राजधानी किएभ पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार शुक्रबार साँझ रूसी सैनिकहरू किएभ सहरको उत्तरी जिल्लामा आइपुगेका हुन् । अधिकारीहरूले रूसी सैनिकहरू आइपुगेको क्षेत्रका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् । छिमेकी बेलारूसबाट पसेका रूसी सैनिकहरू किएभनजिक पुगेका हुन् ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यु’द्ध रोकेर वार्ताका लागि आह्वान गरेका छन् । उनको वार्ताको आह्वानलाई मस्कोले भने ठाडै अस्वीकार गरिदिएको छ । शुक्रबार मस्कोमा पत्रकार सम्मेलन गर्दै विदेश मन्त्री सर्जेई लाभरोभले आफूहरूले जेलेन्स्कीको सरकारसँग कुनै वार्ता र सम्झौता नगर्ने बताए । पश्चिमाहरूको पिछलग्गु किएभको सरकारले आफ्नै नागरिकमाथि न’रसं’हा’र ग’रिरहेको उनको आरोप छ ।






