एजेन्सी । रुस–युक्रेनबीचको यु द्ध अन्त्यका लागि वार्ताको सङ्केत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई यु द्ध विरामका लागि अपिल गरिरहेको बताएका छन् । रुसले आ क्र म ण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा गर्नुपर्नेमा उनको जोड छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जति छिटो संवाद सुरू हुन्छ रुसलाई त्यति कम क्ष ति हुने प्रतिक्रिया दिएका छन् । रुसले अस्ति बुधबार आ क्र म ण सुरु गरेपछि युक्रेनका विभिन्न ठाउँमा घटना भइरहेका छन् । रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगेका छन् । किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको बीबीसीले जनाएको छ ।
आ क्र म णपछि ज्यान गुमाउने सैनिक र गैरनागरिकको फरक फरक विवरण सार्वजनिक भएका छन् । युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म एक हजार जनाभन्दा धेरै रुसी सैनिक मारिएको समेत दा बी गरेको छ । रुसले किएभनजिक मात्रै दुई सय युक्रेनी सैनिक मारिएका जनाएको छ ।
बेलायतको रक्षा मन्त्रालयले अहिलेसम्म साढे चार सय रुसी सैनिक मानिएको विवरण सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घले अहिलेसम्म २५ जना गैर नागरिक मा रि एको जनाएको छ । केही घा इ ते भएका छन् । दुवैतर्फ ज्यान गुमाउनेको पूर्ण विवरण आउन सकेको छैन ।
आ क्र म ण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि युक्रेनी राष्ट्रपतिको भनाइ छ । युक्रेनले बेलायत तथा अन्य मित्रदेशलाई रुसी आ क्र म ण रोक्न सहयोग गर्न आग्रह पनि गरेको छ । तर रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनी सेनाले आ त्म स मर्पण गरेमा वार्ता गर्न मस्को तयार रहेको जवाफ दिएका छन् ।
युक्रेनको राजधानी किएभमा रुसी आ क्र म णकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको यो टिप्पणी आएको हो । युक्रेनमा रुसले आ क्र म ण सुरु गरेपछि विश्वभर त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । यु द्ध रोक्न अपिल गर्दै प्रदर्शन भइरहेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध रुसकै नागरिकले पनि प्रदर्शन गर्दै आएका छन् ।
हजारौँ नागरिक सडकमा ओ र्लि एका त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ । अमेरिकाले रुसी आ क्र म णका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चे ता व नी दिएको छ ।






