एजेन्सी । अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा वि’ष्फो’ट हुँदा ६० जनाको ज्या’न गएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा वि’ष्फो’ट भएको बीबीसीले जनाएको छ ।
सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आ’ला’गी हुँदा जनधनको ठूलो क्ष’ती भएको हो । घटनामा कयौँ घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख गरिएको छ ।
घटनाबारे छानबिन थालिएको र शं’का’स्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो ।






