एजेन्सी । मायामा मान्छेले माया गर्नेको नाममा सबै कुरा दिन्छ । त्यही कुरालाई आत्मासाथ गर्दै एक प्रेमीले आफुले माया गर्ने मान्छेकोलागी यतिसम्मको गर्यो जुन आजसम्म कुनैपनि प्रेमीले गरेको रेर्कड भेटिएको छैन । तपाईले सुन्नु भएको होला प्रेमीले आफ्नो प्रेमीकाकोलागी आईफोन गिफ्ट गर्यो, घर, बंगला किनिदियो, संसारको महंगो महंगो ठाउँमा घुमाउन लग्यो आदि ईत्यादि ।
तर यी सबै कुराहरु सामान्य हुन त्यो प्रेमीकोलागी जस्ले आफ्नो प्रेमीकाकोलागी जे गर्यो त्यो माहान बनिदियो । त्यो माहान काम गर्ने प्रेमी हुन् उजिल मार्टिनेज । जस्ले आफ्नी प्रेमिकाकी आमालाई आफ्नो मृगौला दान दिएका छन् । द सनका अनुसार उक्त व्यक्ति पेशाले शिक्षक हुन् र मेक्सिकोका हुन् । प्रेमीले आफ्नो कथा टिकटकमा सबैका बिचमा राखे ।
उनले आफ्नो एउटा मिर्गौला आफ्नी प्रेमिकाकी आमालाई दान गरेको बताए । तर यसबाट मात्र अचम्म नमान्नुहोस्, किनकी त्यसपछि के भयो तपाईलाई झनै अचम्म लाग्नेछ । उनले प्रेमिकाकी आमाको शल्यक्रिया गरेको एक महिनामै प्रेमिकाले आफूसँग सम्बन्ध तो’डेको बताए । त्यसपछि उनले अर्कैसँग विवाह गरिन ।

टिकटकमा सेयर गरेको भिडियोमा उनी निकै दुखी देखिन्छन् । उनि सोफामा सुतिरहेको अवस्थामा छन् । यो भिडियोलाई टिकटकमा १ करोड ४० लाखभन्दा बढी हेरिएको छ । यो भिडियो हेरेर मानिसहरु पनि दुखी भए । मानिसहरूले उनलाई सम्झाए कि उहाँ दुखी हुनु हुँदैन, किन कि एक धोजेवाद प्रेमिका गुमाए ।
यद्यपि, पछि उनले अर्को भिडियो सेयर गरे जसमा उनले आफू र उनको पूर्वबीच अझै पनि मित्रता रहेको बताए । उनले आफूसँग कुनै गुनासो नभएको बताए । अहिले दुवै अलग भए पनि । तर, सर्वसाधारणले उनलाई अबदेखि त्यति भावुक नहुन पनि आग्रह गरेका छन् ।






