काठमाण्डौ । मेषः कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले काम पूरा हुनेछ ।
वृषः प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ । गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ ।
मिथुनः व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्न सक्छ । श्रमपूर्वक गरिएका कामको केही मूल्य भने प्राप्त हुनेछ। गोपनीयता भने बाहिरिन सक्छ ।
कर्कटः स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ । व्यापारमा पनि लाभ मिल्नेछ । परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।
सिंहः प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ । सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ । सोचेको लाभ भने नहुन सक्छ । मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विभिन्न अवसर पनि प्राप्त भइरहनेछन् ।
कन्याः शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ । मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ । नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।
तुलाः स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ ।
वृश्चिकः समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला । मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा मनग्य धन लाभ हुनेछ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ ।
धनुः आगन्तुकहरूले अलमल्याउने हुँदा सोचेको काममा बाधा पुग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सानो कमजोरीले महत्वाकांक्षी योजना रोकिन सक्छ । मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ । अनावश्यक प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला ।
मकरः खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
कुम्भः मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन् । नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ । व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्ये हुनेछ । तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च पनि बढाउनेछ । आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।
मीनः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।






