एजेन्सी । क्रिसमसमा विंडसर कैसलमा एक व्यक्ति धनुष तीर जस्तो ह’तिया’रस’हि’त पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ । यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिएर उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।
भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको ह’ ‘त्या गरेर ब’द’ला लिने भएको बताएको थियो । प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे ।
बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ । १९ वर्षीय संदिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मु द्दा दर्ता गरिएको जनाइएको छ । महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर कैसलमा थिइन् । उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी भएकी थिईन् ।






