काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरि हिल्समा रहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा गएको शुक्रवार बेलुकी आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्य सभाका सांसद विजयगोयलले त्यो पुरस्कार प्रदान गरेका हुन् ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।
योपनि पढौं
काठमाण्डौका यी ठाउँमा आज चार घण्टा बत्ती जाने
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा आज चार घण्टा बत्ती जाने भएको छ । विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चण्डोल क्षेत्रमा लिंक स्विच जडानको लागि बिहान ११ देखि दिउँसो तीन बजेसम्म सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका ठाउँमा बत्ती काटिने प्राधिकरणले जनाएको छ ।
यस्तै मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि तीन बजेसम्म बत्ती काटिनेछ । यस्तै, धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि तीन बजेसम्म बत्ती जानेछ ।
यस्तै भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।






