एजेन्सी । तालिबानले सबै सरकारी कर्मचारीलाई ‘आममाफी’ दिने घोषणा गर्दै उनीहरूलाई ढुक्क भएर काममा फर्कन आग्रह गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक विज्ञप्ति निकालेर भनेको छ, ‘सबैका लागि आ म मा फी घोषणा गरिएको छ, यस कारण तपाईँ सबै ढुक्क भएर नियमित काम सुरु गर्न सक्नुहुनेछ ।’

अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारी तालिबानले ब द ला लिनेछ भनेर डराइरहेका बेला यस्तो घोषणा आएको हो ।
तालिबानलाई अति नै क्रु र सजाय दिने समूहका रूपमा चिनिन्छ । र उनीहरूमाथि यु द्ध अ प रा ध गरेको आ रो प लागे पनि उसले खण्डन गर्दै आएको छ ।






