एजेन्सी । आज भारतीय चिकित्सक संघले कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट २७० जना चिकित्सकको मृत्यु भएको बताएको छ । संघको सुचीमा सोमबार निधन भएका आईएमएका पुर्व अध्यक्ष डा। के।के। अग्रवालको नाम पनि उल्लेख छ । उनको संक्रमणबाट हिजो निधन भएको थियो ।
संघको आँकडा अनुसार सबैभन्दा धेरै ७८ जना बिहारका चिकित्सकको मृत्यु भएको छ । बिहारपछि उत्तर प्रदेशमा ३७, दिल्लीमा २९ र आन्ध्र प्रदेशमा २२ जना चिकित्सकको संक्रमणबाट निधन भएको छ ।
भारतिय मिडियाले आईएमएको आँकडा उद्वत गर्दै पहिलो कोरोना महामारीमा ७४८ जना चिकित्सकको निधन संक्रमणबाट भएको थियो । आईएमइको अनुसार पहिलो भन्दा कोरोनाको दोस्रो लहर सबैको लागि धेरै घातक भएको जनाएको छ । त्यसमा पनि स्वास्थ्य कर्मचारी, जो अग्रभागमा खटेर काम गर्छन् ।
योपनि पढौं
हेलिकोप्टरबाट काठमाडौं ल्याइएका जसपा नेता जीतेन्द्र सिंहको कोरोना संक्रमणबाट निधन
काठमाडौ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य जीतेन्द्र सिंहको निधन भएको छ । उनको आज उपचारका क्रममा निधन भएको हो । सिंहलाई सोमबार हेलिकोप्टरबाट आकस्मिक उपचारका लागि काठमाडौं ल्याइएको थियो । जटिल अवस्थामा ल्याइएका सिंहको विहान निधन भएको हो ।
प्राविधिक क्षेत्रमा लामो समय काम गरेका सिंह हेटौंडास्थित वन विज्ञान क्याम्पसमा स्ववियु सभापति पनि बनेका थिए । उनी काँग्रेसको राजनीति गर्दै मधेश आन्दोलन अगाडि मधेशवादी दलमा सक्रिय भएका थिए ।






