कैलाली । कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको परीक्षण अनुसार पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पाइएको छ । ७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उक्त अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–२ का ६७ वर्षीय पुरुष, धनगढी–६ का वर्षीय पुरुष र धनगढी–५ का ४५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
उक्त अस्पतालको भेन्टिलेटरमा १, आईसियुमा १५, अक्सिजन सपोर्टमा ८९, सामान्य अवस्थामा ५ जना उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । यस्तै, ईमरजेन्सी वार्डमा २० पुरुष र ६ जना महिलाको उपचार भईरहेको उनले बताए ।
योपनि पढौं
गण्डकीमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु
काठमाण्डौ । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले बताए ।
उनका अनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेहरुमा सबैभन्दा बढी स्याङजाका रहेका छन् । पछिल्लो २४ घन्टामा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ २,नवलपरासीका २ सहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेका छन् ।
पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक्तिनाथ १ का ३३ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा–१६ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
पोखरा ९ का ४२ वर्षीय पुरुष, स्याङ्जा वालिङ–१३ की ५६ वर्षीय महिला, तनहुँ घिरिङ –३ का ६४ वर्षीय पुरुष, वालिङ –८ का ६२ वर्षीय पुरुष, पोखरा –१५ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
यसैगरी पोखरा–१५ का ५६ वर्षीय पुरुष, बागलुङ कालिखोला–५ की ५० वर्षीय महिला, वालिङ–१३ का ५५ वर्षीय पुरुष, वालिङ –१ का ४९ वर्षीय महिला, पोखरा– १ की ४९ वर्षीया महिला, बागलुङ बडिगाड–४ की ५४ वर्षीया महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।
गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको पनि उपचारको क्रममा निधन भएको छ । यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर –६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू –५ का ७० वर्षीया महिला, कावासोती –३ की ४३ वर्षीया महिला, बेनी –४ का ५९ वर्षीय पुरुष, तनहुँ
व्यास –४ की महिला, व्यास –१३ का ९१ वर्षीय पुरुष, स्याङ्जा गल्याङ –४ का ८३ वर्षीय पुरुष, गल्याङ –४ का ८६ वर्षीय पुरुष र अर्जुनचौपारी –२ की ८० वर्षीया महिला छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३८३ पुगेको छ ।






