बाँके । बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जमा उपचाररत बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७स्०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो । नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९स्३० बजे मृत्यु भएको छ । यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । गए राति १०स्०० बजे उनको मृत्यु भएको छ । नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ बजे मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । राति १२स्३० बजे उनको मृत्यु भएको छ । दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको आज बिहान ४ बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ ।






