एजेन्सी । लोकप्रिय टिभी पत्रकार तथा कार्यक्रम प्रस्तोता रोहित सारदानको निधन भएको छ । ४२ वर्षका रोहित सारदानले ६ दिन अघि अर्थात् २४ अप्रिलमा सिटी स्क्यानमा आफू कोरोनाद्वारा संक्रमित भएको पाइएको जानकारी ट्वीटरमार्फत् दिए ।
त्यतिबेला उनले आफ्नो स्थिति राम्रो भइरहेको बताएका थिए । उनको मृत्यु हृदयगति रोकिएका कारण भएको च्यानलले जानकारी दिएको छ । रोहित सरदानाका सहकर्मी र इन्डिया टुडेका वरिष्ठ पत्रकार राजदीप सरदेसाईले पनि ट्वीट गरेर रोहितको मृत्युको पुष्टि गरेका छन् ।
राजदीपले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रोहित र मेरो राजनीतिक विचार मेल खाँदैनथे तर हामी कुनै द्वेष बिना बहस गर्दथ्यौं । हामीले एक रात एउटा शो (सायद कर्नाटकमाथि सर्वोच्च अदालतको निर्णय) गरेका थियौं र यो करिब तीन बजे पूरा भएको थियो ।
शो समाप्त भएपछि रोहितले भने, ‘बस आज निकै मजा आयो । रोहित उत्साही पत्रकार र उद्घोषक थिए । श्रद्धाञ्जली रोहित ।’ राजदीपले आफ्नो दोस्रो ट्वीटमा रोहितको मृत्यु हृदयघातका कारण भएको बताएका छन् ।
शुक्रबार अपरान्ह जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले ट्वीट गरेर रोहितको मृत्युको जानकारी दिए । रोहित जी न्यूजमा उनका सहयोगी थिए । सुधिरले आफ्नो ट्वीटमा लेखेका छन्, ‘केही बेर अघि एउटा फोन आयो ।
उनले जे भने, त्यो सुनेर मेरो हात काँप्न थाल्यो । हाम्रो मित्र र सहयोगी रोहित सरदानाको मृत्युको खबर थियो । यो भाइरसल हाम्रो निकै नजिकबाट कसैलाई उठाएर लैजान्छ भनेर मैले कल्पना गरेको थिइनँ । यसका लागि म तयार थिइनँ । यो भगवानको अन्याय हो । ॐ शान्ति ।’
Rest in peace Rohit. 🙏💐 https://t.co/Imv8aBqD5L
— Sudhir Chaudhary (@sudhirchaudhary) April 30, 2021






