काठमाण्डौ । सन्तोष कार्की मौसुफ । रातको करिब ११ बजिरहेको थियो प्रमोद चितवन नारायणघाटस्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा(टाढासम्म सडक सुनसान थियो । अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो ।
तर आज होटलमा अलिक ग्राहकहरुको चा(प बढी भएका कारण उसलाई होटल मालिकले ११ बजे जानको लागि भनेका थिए । थाकेको शरीर होटलबाट मोटरसाइकल लिएर पर्सा घर जानको लागि निस्कियो । रात छिप्पिदै थियो त्यसमाथि सुनसान सडक ।
प्रमोद आरामले मोटरसाइकल चलाइरहेको थियो, अचानक उसलाई महसुस भयो कि उसको पछाडि सिटमा कोही बसिरहेको छ । प्रमोदले पछाडि फर्किएर हेर्यो , सिटमा कोहि थिएन । प्रमोदले केहि बुझ्न् नै सकिरहेको थिएन कि यो के भैरहेको छ भनेर । उसलाई लाग्यो कि यो एक भ्रम हो ।
तर केहि समयपछि उसलाई महसुस भयो उसको काँधमा कसैले हात राखिरहेको छ भन्ने । प्रमोद ले साइड ऎनामा हेर्यो, त्यहाँ उसको मोटरसाइकल पछाडि सिटमा एउटी सुन्दर केटि बसेकी थिइन ।
प्रमोदले बाइकको स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो‘। फ़ेरी उसले साइड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।
प्रमोद डराउन थाल्यो उसले मोटरसाइकलको गति बढाउन थाल्यो । ४०, त्यसपछि ५०, फ़ेरि ६० त्यसपछि ७० फ़ेरि बिस्तारै १०० तर जुन तरिकाले मोटरसाइकलको स्पिड बढिरहेको थियो उसको काँधमा हातले जोडले प’क्डिरहेको महसुस भैरहेको थियो ‘।।
प्रमोद पसिनै पसिना भैरहेको थियो । उसलाई लागिरहेको थियो की कि’चक’न्य या भुतको छायाले उसलाई प’छ्याइरहेको छ । उसले बाइकको स्पिड अरु बढाउन थाल्यो १२० किलोमिटरको र’फतार ‘ डर धेरै नै लागिरहेको थियो प्रमोदलाई आफुमाथी के भैरहेको छ भन्ने बुझ्न नै सकिरहेको थिएन ।
त्यसबेला अचानक पुर्ब झापा बिर्तामोड काँकडभिट्टाबाट काठमाडौ ति’ब्रगतिमा जाँदै गरेको नाइट बसले उसलाई क’स्सेर ठ’क्कर दियो । जसमा काठमाडौ बाट पुर्ब तिर जाँदै गरेको गा’डिको टा’यरले टाउको र छातिमा च्या’पेर उसको घट्नास्थलमा नै मृत्यु भयो ।
प्रमोदको मृत शरीर रोडमा र’गत ब’गि’रहेको थियो‘ तर आ ‘त्मा भने त्यही छेउमै रहेको रुख नजिकै थियो र उसको अगाडि त्यही केटि उभिएर हाँ’सिरहेकी थिइन ‘। प्रमोद उसँग रिसायो र भन्या( तिम्रो कारण ले बिनाकारण आज म म’रे‘
यो सुनेपछि उस केटि चि’च्याउ’न थालि । मेरो कारणले तिम्रो मृत्यु भएको हैन बरू तिम्रो कारणले चाहिँ मेरो मृत्युु भएको हो‘। उसको कुरा सुनेपछि प्रमोद छक्क पर्यो ‘
तिमी यो मलाई के आरोप लगाई रहेकी छौ । उसले साध्यो, तब उस केटीले भनीस् म पुरानो मेडिकल कलेजको नर्स हुँ बेलुका ७ बजे ड्युटी सकेर घर फर्किदै गर्दा आजभन्दा १ बर्ष दुई महिना ३ दिन अगाडि यहीँ ठाउँमा रातको ८ बजे मेरो स्कुटी पंन्चर भएको थियो ।
कसैले मद्दत गरिरहेका थिएनन्, म बिस्तारै बिस्तारै स्कुटी धकलेर टाँढीमा रहेको आफ्नो घरतिर जाँदै थिए‘ तिमी बाइकमा आइरहेका थियौं । र मलाई समस्यामा देखेर पनि बेवास्ता गर्यौ । अलि पर पुलमा गएर बाइक रोक्यौ र चुरोट तान्दै हाँ’स्न था’ल्यौं ‘।
सायद मेरो कपडा क’न्फर्टेवल थिएन, दुई हातले स्कुटी धकेल्दा । म रि’साउदै रोडमा स्कुटी ध’केल्दै थिए १ अचानक आजको जसरी नै ति’ब्रग’तिमा अनियन्त्रित आइरहेको टिप्परले ठक्कर दियो र म यही काँस, सिरुको झा’डिमा आएर खसे।। म घाइते अवस्थामा थिए ।
तिमी म हुने ठाउँसम्म आयौं तर अर्काको ल’फडामा को पर्छ भन्ने सोचेर त्यहि बस गएको ठाउँतिरै आफ्नो मोटरसाइकल लिएर गयौं ‘। । यदि तिमिले थोरै कोशिश गरेका हुन्थ्यौ भने सायद म बाच्न सक्थे‘ तिमिलाई थाहा छ म आफ्नो बृद्ध बुबाआमाको एक मात्र साहारा छोरी थिए ।
कति दिनसम्म उहाँहरुले नखाइ भोक भोकै म आउने बाटो हेरिरहे ‘ तर त्यसबेला तिमिले थोरै कोशिश गरेका हुन्थ्यौ भने । कमसेकम प्रहरीलाई खबर गरिदिएको भने‘ तर बस चलाउने ड्राइभर लाई त मैले पहिला नै मारिसकेको छु ‘ आज तिमिलाई पनि मारेर मैले आफ्नो मृत्युको ब’दला लिएँ भन्दै जोड जोडले हाँस्न थालिन नाइ यो हुन सक्दैन, भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझियो हेर्दा उ आफ्नो ओछ्यानमा थियो ‘ । उसको प’सिनै पसिनाले पुरै श’रीर भि’जेको थियो ।
के यो सपना थियो…..?
हो साथिहरु थियो त केवल एक सपना तर शिक्षा दिने खालको सपना । मित्रहरुहो यो कथा काल्पनिक जरुर हो तर यसको एक उदेश्य भने पक्कै छ । यस्तो कि कसैलाई तपाईंको आवश्यक परेको बेला न’हिच्कि’च्याइ सहयोग गर्नुहोस् र सक्नुहुन्छ भने उसको अवस्था हेरेर उसलाई खिल्ली नउडाउनुहोस् । साभार सूचना केन्द्र






