काठमाडौ । स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । भारतवाट फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि पछि घरमै आइसोलेसनमा बसेका उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना देखिएको थियो ।
कोरोना पुष्टिपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा सहज हुने भएकाले पूर्व राजा र रानीलाई भर्ना गरिएको संवाद सचिव फणि पाठकले बताए । शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो। भारतमा दुई महिना सम्म चल्ने कुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो ।
भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएको छ । भारतवाट नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएको छ । भारतमै परिक्षण गर्दा नेगेटिभ आएको रिपोर्ट नेपालमा गरिएको परिक्षणमा पुर्व राजारानीलाई कोरोना पुष्टि भएको थियो । पुर्व राजपरिवारमा कोरोना संक्रमित हुनेको संख्या थपिएको छ । स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना गरिएको छ ।
पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै उनीलाई पनि थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी र प्रेरणासँगै अस्पताल भर्ना भएका हुन् । भारतबाट फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि पछि घरमै आइसोलेसनमा बसेका उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
परिवारका अन्य सदस्यलाई पनि गरिएको परिक्षणका क्रममा प्रेरणालाई पनि कोरोना पुष्टि भएको हो । पूर्वराजा रानीलाई स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना गरिदा प्रेरणा पनि अस्पतामा भर्ना छन् । भारतको कुम्भ भेलामा सहभागी भएर आएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना देखिएको थियो । कोरोना पुष्टिपछि निर्मल निवासमै आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिन थालेपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालमा सहज हुने भएकाले पूर्व राजा र रानी र पूर्वअधिराजकुमारी प्रेरणालाई पनि नर्भिक अस्पताल भर्ना गरिएको संवाद सचिव फणि पाठकले बताए । शाह दम्पतीलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो भने प्रेरणालाई शनिवार कोरोना पुष्टि भएको हो ।






